भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपति सुसौलिथबीच दुईपक्षीय भेटवार्ता

प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपति सुसौलिथबीच दुईपक्षीय भेटवार्ता

थियानजिन (चीन), १६ भाद्र । सांघाई सहयोग संगठन (एससीओ) प्लस को शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले लाओस जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोल्ङलौन सुसौलिथसँग दुईपक्षीय भेटवार्ता गरेका छन्।

थियानजिनस्थित मेइजियान सम्मेलन केन्द्रमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो।भेटका क्रममा प्रधानमन्त्री ओलीसँगै प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत उपस्थित थिए।

एससीओ प्लस शिखर सम्मेलन आइतबारदेखि चीनको थियानजिनमा शुरु भएको हो। सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूले आज सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

 


Thali Mobile Pvt.Ltd.