भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

सोलुखुम्बुको खुम्बुमा लेदोसहित भीषण बाढी

सोलुखुम्बुको खुम्बुमा लेदोसहित भीषण बाढी

काठमाडौं । सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा पर्ने थामे भन्ने ठाउँमा शुक्रबार लेदोसहित भीषण बाढी आएको छ। हिमताल फुटेको अथवा हिमपहिरो गएको भन्ने यकिन भइ नसकेको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बाढी पसेको खबर आएको बताइन्।

स्थानीयका अनुसार केही दिनदेखि वर्षा त भइसकेको थियो, तर यति ठूलो बाढी आउने अवस्था थिएन । त्यसैले माथिल्लो भेगमा रहेको हितताल फुटेको हुनसक्ने स्थानीयको आशंका छ । स्थानीयहरूका अनुसार लेदोसहितको बाढीले घर टहरा पुरेको छ।

प्रजिअ पाण्डेका अनुसार घटनास्थलतर्फ सुरक्षाकर्मी गइसकेका छन्।

 

 


Thali Mobile Pvt.Ltd.