भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

स्वच्छ वातावरणका लागि लक्षित समुदायलाई इन्डक्सन चुल्हो वितरण

स्वच्छ वातावरणका लागि लक्षित समुदायलाई इन्डक्सन चुल्हो वितरण

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं ८ मा वातावरण मैत्री इन्ड्क्सन चुल्हो वितरण गरिएको छ । दिगो विकास व्यवस्थित सहरः स्वच्छ समृद्ध सुर्यविनायक नगर भन्ने मुल नाराका साथ आर्थिक वर्ष २०८०÷०८१ को स्वीकृत दलित लक्षित कार्यक्रम अन्र्तगत शुक्रबार वडा नं ७ मा सूर्यविनायक नगरपालिका प्रमुख बासुदेव थापाले इन्डक्सन चुल्हो वितरण गर्नुभएको हो ।

लक्षित समुदायलाई चुल्हो वितरण गर्दै सूर्यविनायक नगरपालिका प्रमुख बासुदेव थापाले उपेक्षित वर्गलाई मूलधारमा ल्याउँन सूर्यविनायक नगरपालिका लागि परेको बताउँनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, वाटो लगायतका क्षेत्रमा पनि सूर्यविनायक नगरपालिकाले महत्वपूर्ण भूमिका निर्वाह गरेको जानकारी दिँदै उपेक्षित वर्गलाई हरेक क्षेत्रमा सौलियत दिन नगरपालिका अग्रस्थानमा रहेको तर्क गर्नुभयो ।

सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडा अध्यक्ष रविन्द्र सापकोटाले पाँच वटा लक्षित समूदाय मध्य गुण्डुमा रहेका दलित समुदायलाई इन्डक्सन चुल्हो वितरण गरिएको जानकारी दिनुभयो । उहाँले एक घर एक परिवारका ४८ जनालाई लागत साझेदारीको आधारमा वितरण गरिएको बताउँदै ८० प्रतिशत वडाको रकम र २० प्रतिशत सेवाग्रहीबाट व्यहोर्ने गरि चुल्हो वितरण गरिएको बताउनुभयो ।

हरेक नेपालीको चुल्हो महंगो भइरहेको वेला नगरपालिकाले विरण गरेको चुल्होले सेवाग्रहीहरुलाई फाइदा पुग्ने वडा अध्यक्ष सापकोटाको भनाई छ । ग्यासको मूल्य बृद्धि भइरहेको वेला विद्युतीय साम्रगीले वातावरण स्वच्छ हुने भएकाले पनि यो कार्य राम्रो भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा युएसएड अन्र्तगत स्वच्छ हावा कार्यक्रमको तर्फबाट सिर्जना साक्यले इन्डक्सन चुल्हो प्रयोग गर्ने तरिका र यसले वातावरणमा पार्ने प्रभावका बारेमा इन्डक्सन चुल्हो प्रयोग कर्ताहरुलाई प्रशिक्षण प्रदान गर्दै विश्वमा वायु प्रदूषणका प्रभावहरुले मानवीय स्वास्थ्यमा नकारात्मक प्रभाव परिरहेको जानकारी दिनुभयो ।

सरकारले काठमाडौं उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना २०७६ अनुमोदन गरेसंगै प्रभावकारी कार्यान्वयन भए मानिसले स्वच्छ हावा प्राप्त गर्ने अधिकार पाउँने तर्क गर्नुभयो ।स्वच्छ वातावरणका लागि लक्षित समुदायलाई इन्डक्सन चुल्हो वितरण

कार्यक्रममा सूर्यविनायक नगरपालिका कार्यपालिका सदस्य सुमन परियारले वातावरण मैत्री चुल्हो वितरण गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले सूर्यविनायक नगरपालिकाका १० वटा वडामै वातावरण मैत्री चुल्हो बाड्दा अझ उपयुक्त हुने बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.