भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

स्वच्छ वातावरणका लागि लक्षित समुदायलाई इन्डक्सन चुल्हो वितरण

स्वच्छ वातावरणका लागि लक्षित समुदायलाई इन्डक्सन चुल्हो वितरण

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं ८ मा वातावरण मैत्री इन्ड्क्सन चुल्हो वितरण गरिएको छ । दिगो विकास व्यवस्थित सहरः स्वच्छ समृद्ध सुर्यविनायक नगर भन्ने मुल नाराका साथ आर्थिक वर्ष २०८०÷०८१ को स्वीकृत दलित लक्षित कार्यक्रम अन्र्तगत शुक्रबार वडा नं ७ मा सूर्यविनायक नगरपालिका प्रमुख बासुदेव थापाले इन्डक्सन चुल्हो वितरण गर्नुभएको हो ।

लक्षित समुदायलाई चुल्हो वितरण गर्दै सूर्यविनायक नगरपालिका प्रमुख बासुदेव थापाले उपेक्षित वर्गलाई मूलधारमा ल्याउँन सूर्यविनायक नगरपालिका लागि परेको बताउँनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, वाटो लगायतका क्षेत्रमा पनि सूर्यविनायक नगरपालिकाले महत्वपूर्ण भूमिका निर्वाह गरेको जानकारी दिँदै उपेक्षित वर्गलाई हरेक क्षेत्रमा सौलियत दिन नगरपालिका अग्रस्थानमा रहेको तर्क गर्नुभयो ।

सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडा अध्यक्ष रविन्द्र सापकोटाले पाँच वटा लक्षित समूदाय मध्य गुण्डुमा रहेका दलित समुदायलाई इन्डक्सन चुल्हो वितरण गरिएको जानकारी दिनुभयो । उहाँले एक घर एक परिवारका ४८ जनालाई लागत साझेदारीको आधारमा वितरण गरिएको बताउँदै ८० प्रतिशत वडाको रकम र २० प्रतिशत सेवाग्रहीबाट व्यहोर्ने गरि चुल्हो वितरण गरिएको बताउनुभयो ।

हरेक नेपालीको चुल्हो महंगो भइरहेको वेला नगरपालिकाले विरण गरेको चुल्होले सेवाग्रहीहरुलाई फाइदा पुग्ने वडा अध्यक्ष सापकोटाको भनाई छ । ग्यासको मूल्य बृद्धि भइरहेको वेला विद्युतीय साम्रगीले वातावरण स्वच्छ हुने भएकाले पनि यो कार्य राम्रो भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा युएसएड अन्र्तगत स्वच्छ हावा कार्यक्रमको तर्फबाट सिर्जना साक्यले इन्डक्सन चुल्हो प्रयोग गर्ने तरिका र यसले वातावरणमा पार्ने प्रभावका बारेमा इन्डक्सन चुल्हो प्रयोग कर्ताहरुलाई प्रशिक्षण प्रदान गर्दै विश्वमा वायु प्रदूषणका प्रभावहरुले मानवीय स्वास्थ्यमा नकारात्मक प्रभाव परिरहेको जानकारी दिनुभयो ।

सरकारले काठमाडौं उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना २०७६ अनुमोदन गरेसंगै प्रभावकारी कार्यान्वयन भए मानिसले स्वच्छ हावा प्राप्त गर्ने अधिकार पाउँने तर्क गर्नुभयो ।स्वच्छ वातावरणका लागि लक्षित समुदायलाई इन्डक्सन चुल्हो वितरण

कार्यक्रममा सूर्यविनायक नगरपालिका कार्यपालिका सदस्य सुमन परियारले वातावरण मैत्री चुल्हो वितरण गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले सूर्यविनायक नगरपालिकाका १० वटा वडामै वातावरण मैत्री चुल्हो बाड्दा अझ उपयुक्त हुने बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.