भर्खरै : Sorry, your browser does not support inline SVG.

प्रक्रियाअनुसार वैदेशिक रोजगारीमा जान आग्रह

प्रक्रियाअनुसार वैदेशिक रोजगारीमा जान आग्रह

काठमाडौं । श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा आउन नेपाली दूतावास बैंककले अनुरोध गरेको छ । सरकारद्वारा तोकिएका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्रै रोजगारीमा आउनु अपिल गरेको हो ।

दूतावासले कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु वैदेशिक रोजगारीमा नआउन पनि सबैलाई अनुरोध गरेको हो ।

कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायत मुलुकमा नेपाली नागरिक अलपत्र परेको र उनीहरूको उद्धारका लागि कठिनाइ भइरहेको भन्दै दूतावासले प्रक्रियाअनुसार वैदेशिक रोजगारीमा जान आग्रह गरेको हो ।

अनलाइन स्क्यामिङ कार्यमा लगाइएका नेपाली नागरिकलाई नेपाली राजदूतावासले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.