भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

कङ्गो (डीआरसी) मा फैलिएको हिंसामा सात हजारभन्दा बढीको मृत्यु

कङ्गो (डीआरसी) मा फैलिएको हिंसामा सात हजारभन्दा बढीको मृत्यु

एजेन्सी । कंगोमा ‘सात हजारभन्दा बढी मारिएका छन्। पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा फैलिएको हिंसाले गत महिनादेखि सात हजार भन्दा बढीले ज्यान गुमाएका छन् ।

‘तिनीहरूमा दुई हजार पाँच सयभन्दा बढी शव पहिचान नगरी गाडिएका छन्’,थप एक हजार ५०० शव अझै शवगृहमा रहेको छ । तीमध्ये अधिकांश सर्वसाधारण रहेको कङ्गोका प्रधानमन्त्रीले ताएका छन्।

‘पूर्वी डिआरसीको सुरक्षा अवस्था चिन्ताजनक स्तरमा पुगेको छ’, प्रधानमन्त्री जुडिथ सुमिनवा तुलुकाले जेनेभामा संयुक्त राष्ट्र मानव अधिकार परिषद्लाई भने। जनवरीदेखि ‘सात हजारभन्दा बढी देशवासीको मृत्यु’ दर्ता भएको उनले जानकारी दिए।

संयुक्त राष्ट्र विशेषज्ञहरूका अनुसार करिब चार हजार रुवाण्डाली सैनिकद्वारा समर्थित एम २३ आन्दोलनले अब प्राकृतिक स्रोतहरूले समृद्ध, समस्याग्रस्त क्षेत्र पूर्वी डिआरसीको ठूलो भूभाग नियन्त्रण गरेको छ । यसको द्रुत अग्रसरताले हजारौँलाई भाग्न बाध्य पारेको छ ।

गत महिना उत्तर किवुको राजधानी र देशको पूर्वको मुख्य शहर गोमा कब्जा गरेपछि लडाकूहरूले दक्षिण किवु प्रान्तीय राजधानी बुकावुमाथि नियन्त्रण लिएका थिए । गोमामा मात्रै तीन हजारभन्दा बढी मानिस मारिएको प्रधानमन्त्रीले बताए। परिषद्को साइडलाइनमा आयोजित एक पत्रकार सम्मेलनमा मृतकहरू सर्वसाधारण वा सैनिक थिए भन्ने प्रश्नमा उनले भने, ‘हाललाई हामी यी सबै मानिसको पहिचान गर्न अझै सक्षम भएका छैनौँ ।’

रुवान्डा समर्थित एम२३ सशस्त्र समूहले कङ्गोली सेनाको सीमित प्रतिरोधको सामना गर्दै गोमा र बुकाभुका मुख्य सहरहरूसहित खनिज–समृद्ध पूर्वी डिआरसीको ठूलो भाग कब्जा गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.