भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

उड्ने कारका लागि ३ हजारभन्दा धेरै माग

उड्ने कारका लागि ३ हजारभन्दा धेरै माग

एजेन्सी । उड्ने कारको नमूना परीक्षण भएको छ । अमेरिकाको एक कम्पनीले उड्ने कारको नमूना परीक्षण भएको हो । कारको प्रारम्भिक नमूनाले उडान गरेको दृश्य पनि सार्वजनिक भएको छ ।

यो कार आकाशमा उडिरहेको भिडियोमा देख्न सकिन्छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत जिम डुखोभ्नीले आउँदो एक वर्षमा उपभोक्ताहरूलाई यस्तो कार बेच्ने लक्ष्य राखेको बताएको छ ।

अहिलेसम्म यस्तो कारका लागि ३ हजारभन्दा धेरै माग आइसकेको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार उपभोक्ताले ३ लाख अमेरिकी डलरमा विद्युतीय उड्ने कार पाउनेछन् ।

क्यालिफोर्नियामा रहेको एलेफ एअरोनटिक्स कम्पनीले विश्वको पहिलो उड्ने कार तयार गरेर नमूना परीक्षण गरेको बीबीसीले जनाएको छ । कार सडकमा अधिकतम ४० किलोमिटर प्रतिघण्टाको गतिमा चल्ने सक्ने र आवश्यक पर्दा तुरुन्तै उड्न सक्ने बीबीसीको खबरमा उल्लेख छ ।

यो कारमा दुई जना मानिस बस्ने सुविधा हुनेछ । यसको उडान क्षमता एक सय १० माइलसम्म हुनेछ भने सडकमा २ सय माइलसम्म यात्रा गर्न सक्नेछ ।

यो कार अटोपाइलट मोडमा पनि उड्न सक्छ । यो कारमा आठ वटा रोटर छन् जसले कारलाई हावामा सजिलै उठाउन मद्दत गर्दछ ।

 


Thali Mobile Pvt.Ltd.