काठमाडौं । शनिबार साँझ करिब ७ बजे भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ६ र ७ मा पर्ने रानी झुल्ला जंगलमा घुम्न गएका बेला हराएका ४ जना भारतीय र १ जना नेपाली नागरिक फेला परेका छन् ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरीको नं २२ गुह्वेश्वरी गणबाट खटिएको टोलीले उनीहरूलाई राति पौने १ बजेको समयमा फेला पारेर खरिपाटी प्रहरी वृत्तमा बुझाएको छ ।
