भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

एम्बुसिङ गरेर भारतीय गाडी सहित चार जना भारतीय पक्राउ

एम्बुसिङ गरेर भारतीय गाडी सहित चार जना भारतीय पक्राउ

काठमाडौँ । अपहरणमा परेका चिनियाँ नागरिकको उद्धार गरिएको छ । काठमाडौँको ठमेलबाट अपहरणमा परेका चिनियाँ नागरिक यु हुआन हुआनलाई फर्पिङबाट उद्धार गरिएको हो ।

अपहरणमा संलग्नहरूलाई मकवानपुरको भिमफेदीबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय भिमफेदीले जनाएको छ । टोलीले एम्बुसिङ गरेर भारतीय नम्बरको गाडी सहित दुईजना भारतीयलाई पक्राउ गरेको जनाएको छ ।

मंगलबार मध्यान्ह १ बजेतिर प्रहरी कन्ट्रोलमा ठमेलको होटलबाट चिनियाँ अपहरणमा परेको सुचना आएपछि उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोली अपहरणकारीको खोजीमा जुटेका थिए ।

पक्राउ पर्नेमा महाराष्ट्र घर भएका ३३ वर्षीय आशुतोष दत्तात्रय थ्रोट, ३० वर्षीय अमोल खारमत, ४० वर्षीय आफा सरुनेश शाइक्स र ३० वर्षीय अमोल शीर्षत छन् ।

प्रहरीको घेरामा परेको थाहा पाएपछि चिनियाँलाई लिएर जङ्गलतिर भागेका थप दुई जनालाई पनि पक्राउ गरिएको र गाडीको चालक सहित ४ भारतीय नागरिकलाई पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.