भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

चीनको सिजाङ स्वायत्त क्षेत्र तीन हजारबढी परकम्प

चीनको सिजाङ स्वायत्त क्षेत्र तीन हजारबढी परकम्प

एजेन्सी । दक्षिणपश्चिम चीनको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पपछि कुल ३ हजार ६१४ पराकम्पहरू गएका छन् ।

धेरैजसो पराकम्पहरू ३ म्याग्निच्युडभन्दा कम भएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । सोमबार राति ४.९ र ५ म्याग्निच्युडका दुई शक्तिशाली पराकम्पहरू आए ।

जसले डिङ्ग्री काउन्टीमा केही घरहरू भत्काएको छ। जनवरी ७ मा, सगरमाथाको उत्तरी आधार शिविर नजिकैको डिङ्ग्रीमा ६।८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

धक्का नेपालसहितका देशहरूमा महसुस गरिएपनि मानवीय क्षति चीनमा मात्रै भयो। उक्त भूकम्पमा १२६ जनाको मृत्यु भएको छ।

जब ठूलो भूकम्प आउँछ, पहिलो भूकम्पको केन्द्रबिन्दु वरिपरि साना भूकम्पहरूको श्रृंखला निरन्तर रूपमा जाने प्रक्रियालाई परकम्प भनिन्छ ।

 


Thali Mobile Pvt.Ltd.