भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चीनको सिजाङ स्वायत्त क्षेत्र तीन हजारबढी परकम्प

चीनको सिजाङ स्वायत्त क्षेत्र तीन हजारबढी परकम्प

एजेन्सी । दक्षिणपश्चिम चीनको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पपछि कुल ३ हजार ६१४ पराकम्पहरू गएका छन् ।

धेरैजसो पराकम्पहरू ३ म्याग्निच्युडभन्दा कम भएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । सोमबार राति ४.९ र ५ म्याग्निच्युडका दुई शक्तिशाली पराकम्पहरू आए ।

जसले डिङ्ग्री काउन्टीमा केही घरहरू भत्काएको छ। जनवरी ७ मा, सगरमाथाको उत्तरी आधार शिविर नजिकैको डिङ्ग्रीमा ६।८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

धक्का नेपालसहितका देशहरूमा महसुस गरिएपनि मानवीय क्षति चीनमा मात्रै भयो। उक्त भूकम्पमा १२६ जनाको मृत्यु भएको छ।

जब ठूलो भूकम्प आउँछ, पहिलो भूकम्पको केन्द्रबिन्दु वरिपरि साना भूकम्पहरूको श्रृंखला निरन्तर रूपमा जाने प्रक्रियालाई परकम्प भनिन्छ ।

 


Thali Mobile Pvt.Ltd.