भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको यकिन सूची सार्वजनिक | गौतमबुद्ध विमानस्थल चाँडै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : सांसद अग्रवाल | सङ्क्रमणकालीन न्यायलाई प्राथमिकता दिन र दुवै आयोगमा पदाधिकारी नियुक्त गर्न राष्ट्रसंघको आग्रह | कर्णालीका मुख्यमन्त्री शाहीले सार्वजनिक गरे सय दिनका उपलब्धि | सेवा प्रवाह सहज बनाउन प्रदेश र स्थानीय तहमा थप कर्मचारी खटाइने | अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा |

चार महिनामा विदेशमा पढ्न जानेबाट बाहिरियो ४२ अर्ब ९६ करोड रुपैयाँ

चार महिनामा विदेशमा पढ्न जानेबाट बाहिरियो ४२ अर्ब ९६ करोड रुपैयाँ

काठमाण्डौ, १ पुष । चालू आर्थिक वर्षको पहिलो चार महिनामा विदेशमा पढ्न जानेबाट ४२ अर्ब ९६ करोड रुपैयाँ बाहिरिएको छ ।

अघिल्लो वर्ष चार महिनामा शिक्षातर्फ ३२ अर्ब २२ करोड रुपैयाँ बाहिरिएको यस वर्ष त्यही अवधिमा झनै बढेको हो । देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने गरेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनाका चालू आर्थिक वर्षको चार महिनामा झण्डै १० अर्ब बढी रकम शैक्षिक गतिविधिका लागि देशबाट बाहिरिएको हो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय १६.४ प्रतिशतले वृद्धि भई ६४ अर्ब ५९ करोड पुगेको राष्ट्र बैंकको तथ्याङ्क छ ।

अघिल्लो वर्षको त्यही अवधिमा भ्रमण व्यय ५५ अर्ब ४९ करोड रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ८.१ प्रतिशतले वृद्धि भई १९ अर्ब १९ करोड पुगेको छ ।

अघिल्लो वर्षको त्यही अवधिमा यस्तो आय १७ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा खुद सेवा आय ३२ अर्ब ६८ करोड रुपैयाँले घाटामा रहेको छ ।

अघिल्लो वर्षको त्यही अवधिमा खुद सेवा आय २३ अर्ब एक करोडले घाटामा रहेको थियो । रासस

 


Thali Mobile Pvt.Ltd.