भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

नेपाली महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका हर्षल पाठक नियुक्त

नेपाली महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका हर्षल पाठक नियुक्त

काठमाण्डौ, १ पुष । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका हर्षल पाठक नियुक्त भएका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान)ले आगामी महिनादेखि घरेलु मैदानमा आयोजना हुने आइसीसी महिला टी–२० ग्लोबल छनोट प्रतियोगिताका लागि पाठकलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको जानकारी दिएको हो।

पाठक यसअघि थाइल्यान्डको राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकका रूपमा कार्यरत थिए। अन्तर्राष्ट्रिय अनुभवसहित आएका पाठकको नेतृत्वमा नेपाली महिला टोलीले ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेछ।

हाल नेपाली महिला क्रिकेट टोली टी–२० ग्लोबल छनोटको तयारीका लागि प्रशिक्षणमा जुटिरहेको छ। प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ, जहाँ नेपालसँगै थाइल्यान्ड, नेदरल्यान्ड्स, स्कटल्यान्ड र जिम्बाबे रहेका छन्।

त्यस्तै समूह ‘ए’ मा भने बङ्गलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका सहभागी छन्।प्रतियोगिताको नियमअनुसार हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन्।

सुपर सिक्सबाट शीर्ष चार टोलीले इङ्ल्यान्ड र वेल्समा आयोजना हुने महिला टी–२० विश्वकपका लागि स्थान सुरक्षित गर्नेछन्।

 


Thali Mobile Pvt.Ltd.