भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

नवलपरासीमा लागूऔषध कारोबारीलाई समात्न चार राउन्ड गोली प्रहार, एक जना घाइते

नवलपरासीमा लागूऔषध कारोबारीलाई समात्न चार राउन्ड गोली प्रहार, एक जना घाइते

नवलपरासी । पश्चिम नवलपरासीमा प्रहरीले लागूऔषध कारोबारीलाई समात्न चार राउन्ड गोली प्रहार गरेको छ । रामग्राम नगरपालिका–१२ पचगाँवा बस्ने राजेश लोनियाको घरबाट लागूऔषध नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो ।

लोनियाले बिक्रीवितरणका लागि लागूऔषध घरमा राखेको सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भइरहवाबाट प्रहरी नायब निरीक्षक सागर भट्टराईको नेतृत्वमा हिजो बेलुका पाँच जनाको टोली पुगेको थियो ।

प्रहरीले खानतलासी गर्दा लोनियाले प्रहरीमाथि आक्रमण गर्न खोजेको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभएको छ । लोनिया भाग्न खोज्दा प्रहरीले गोली चलाएको र उनको बायाँ खुट्टामा गोली लागेको छ ।

घाइते भएका लोनियाको पृथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको छ । खानतलासीका क्रममा ९३ पुरिया ब्राउनसुगर बरामद भएको प्रहरीको भनाइ छ ।

लागूऔषध किनबेचमा संलग्न अर्का एक जना फरार भएका छन् । उनको पनि खोजी भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.