भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव ४ डिग्री सेल्सियस मापन

काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव ४ डिग्री सेल्सियस मापन

काठमाण्डौ । शुक्रबार तराईमा बाक्लो हुस्सु लागेको छ । भिजिविलिटी कम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मध्य र पूर्वी तराईका धेरै ठाउँमा बाक्लो हुस्सु र कुहिरो लागेर जनाएको छ ।

देशमा पश्चिमी वायुको प्रभाव रहेकोले कोशी प्रदेशका पहाडी क्षेत्रमा शक्रबार मौसम आंशिकदेखि साधारणतया बदली छ । बाँकी भागमा मौसम सफा रहेको महाशाखाले जनाएको छ ।

शुक्रबार काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव ४ डिग्री सेल्सियस मापन भएको छ भने अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

दिउँसो भने हुस्सु हट्न सक्ने अनुमान छ । काठमाण्डौ उपत्यकामा बिहान लागेको हुस्सु घाम लागेसँगै बिस्तारै हटेर जाने जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.