भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ब्राउन सुगरसहित दाङबाट दुई जना युवा पक्राउ

ब्राउन सुगरसहित दाङबाट दुई जना युवा पक्राउ

दाङ । ब्राउन सुगरसहित दाङबाट दुईजना पक्राउ परेका छन् । दाङको घोराहीबाट लागुऔषध सहित दुई युवा पक्राउ परेका हुन ।
प्रहरीले उनीहरू सवार लु १८ प ३७७० नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा राप्ती गाउँपालिका–३ मसुरिया घर भई घोराही उपमहानगरपालिका–१३ प्रगतिटोल बस्दै आएका २२ वर्षीय चिन्तन केसी र घोराही–१३ डुमरगाउँका १९ वर्षीय मनोज बुढामगर रहेको दाङ प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ब्राउन सुगर बरामद भएको हो ।

शङ्का लागेर केसी र बुढामगरलाई खानतलासी गर्दा केसीले लगाएको जुत्तामुनि लुकाइराखेको अवस्थामा एक सय ९० मिलिग्राम र बुढाथोकीको साथबाट ६ सय ८० मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.