भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

जैविकखेती प्रवर्द्धन गर्न गड्यौला मल उत्पादनमा जोड

जैविकखेती प्रवर्द्धन गर्न गड्यौला मल उत्पादनमा जोड

भोजपुर, ७ कार्तिक। भोजपुरको पौवादुङमा गाउँपालिकाले रासायनिक मलको प्रयोग घटाउँदै जैविकखेती प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले गड्यौला मल उत्पादन सुरु गरेको छ।

महिला विकास बोर्डमार्फत उपाध्यक्ष आत्मनिर्भर कार्यक्रमु अन्तर्गत सुरु गरिएको यो योजनाले स्थानीय महिलाहरूलाई आत्मनिर्भर र उद्यमशील बनाउने लक्ष्य लिएको छ। गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईका अनुसार, कार्यक्रमअन्तर्गत गाउँपालिकाका सबै ६ वडाका १९ वटा महिला समूहले गड्यौला मल उत्पादन थालेका छन्।

गत वर्षदेखि सुरु गरिएको यस कार्यक्रममा महिलाहरूलाई आवश्यक अनुदान र प्राविधिक सहयोग उपलब्ध गराइएको उपाध्यक्ष राईले बताइन्। गाउँपालिका अध्यक्ष किरण राईले महिला समूहले उत्पादन गरेको गड्यौला मल गाउँपालिका आफैँले खरिद गर्ने र अन्य किसानहरूलाई ५० प्रतिशत अनुदानमा वितरण गर्दै आएको जानकारी दिए।

गाउँपालिकाको मुख्य उद्देश्य अग्र्यानिक उत्पादनमा जोड दिनु रहेको उनले स्पष्ट पारे। किसानले उत्पादन गरेको गड्यौला मल गाउँपालिकाले प्रतिकेजी रु २२ मा खरिद गर्ने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए।

यसरी खरिद गरिएको मल इच्छुक किसानहरूलाई मागका आधारमा अनुदानमा वितरण हुँदै आएको छ। रासस

 


Thali Mobile Pvt.Ltd.