भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

जैविकखेती प्रवर्द्धन गर्न गड्यौला मल उत्पादनमा जोड

जैविकखेती प्रवर्द्धन गर्न गड्यौला मल उत्पादनमा जोड

भोजपुर, ७ कार्तिक। भोजपुरको पौवादुङमा गाउँपालिकाले रासायनिक मलको प्रयोग घटाउँदै जैविकखेती प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले गड्यौला मल उत्पादन सुरु गरेको छ।

महिला विकास बोर्डमार्फत उपाध्यक्ष आत्मनिर्भर कार्यक्रमु अन्तर्गत सुरु गरिएको यो योजनाले स्थानीय महिलाहरूलाई आत्मनिर्भर र उद्यमशील बनाउने लक्ष्य लिएको छ। गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईका अनुसार, कार्यक्रमअन्तर्गत गाउँपालिकाका सबै ६ वडाका १९ वटा महिला समूहले गड्यौला मल उत्पादन थालेका छन्।

गत वर्षदेखि सुरु गरिएको यस कार्यक्रममा महिलाहरूलाई आवश्यक अनुदान र प्राविधिक सहयोग उपलब्ध गराइएको उपाध्यक्ष राईले बताइन्। गाउँपालिका अध्यक्ष किरण राईले महिला समूहले उत्पादन गरेको गड्यौला मल गाउँपालिका आफैँले खरिद गर्ने र अन्य किसानहरूलाई ५० प्रतिशत अनुदानमा वितरण गर्दै आएको जानकारी दिए।

गाउँपालिकाको मुख्य उद्देश्य अग्र्यानिक उत्पादनमा जोड दिनु रहेको उनले स्पष्ट पारे। किसानले उत्पादन गरेको गड्यौला मल गाउँपालिकाले प्रतिकेजी रु २२ मा खरिद गर्ने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए।

यसरी खरिद गरिएको मल इच्छुक किसानहरूलाई मागका आधारमा अनुदानमा वितरण हुँदै आएको छ। रासस

 


Thali Mobile Pvt.Ltd.