भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

हैदराबाद–बेंगलुरु रुटमा बसमा आगलागी, १० जनाको मृत्यु

हैदराबाद–बेंगलुरु रुटमा बसमा आगलागी, १० जनाको मृत्यु

काठमाडौं, ७ कात्तिक । भारतको हैदराबादबाट बेंगलुरु जाँदै गरेको यात्रुवाहक बसमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । दक्षिण भारतको आन्ध्र प्रदेश राज्यको कर्नुल जिल्लामा पर्ने निचन्ना टेकरू गाउँ नजिक शुक्रबार बिहान उक्त बसमा आगो लागेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । बसमा ४२ जना यात्रु सवार थिए ।

घटनामा १० जनाको मृत्यु पुष्टि भएको छ भने धेरै यात्रु गम्भीर घाइते भएको बताइएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ ।  आगोले बस पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको छ ।

प्रारम्भिक जानकारी अनुसार, एउटा मोटरसाइकल बससँग ठोक्किएपछि आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । तर स्थानीय प्रशासनले भने दुर्घटनाको कारण आधिकारिक रूपमा पुष्टि गरेको छैन ।

 


Thali Mobile Pvt.Ltd.