भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

हैदराबाद–बेंगलुरु रुटमा बसमा आगलागी, १० जनाको मृत्यु

हैदराबाद–बेंगलुरु रुटमा बसमा आगलागी, १० जनाको मृत्यु

काठमाडौं, ७ कात्तिक । भारतको हैदराबादबाट बेंगलुरु जाँदै गरेको यात्रुवाहक बसमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । दक्षिण भारतको आन्ध्र प्रदेश राज्यको कर्नुल जिल्लामा पर्ने निचन्ना टेकरू गाउँ नजिक शुक्रबार बिहान उक्त बसमा आगो लागेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । बसमा ४२ जना यात्रु सवार थिए ।

घटनामा १० जनाको मृत्यु पुष्टि भएको छ भने धेरै यात्रु गम्भीर घाइते भएको बताइएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ ।  आगोले बस पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको छ ।

प्रारम्भिक जानकारी अनुसार, एउटा मोटरसाइकल बससँग ठोक्किएपछि आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । तर स्थानीय प्रशासनले भने दुर्घटनाको कारण आधिकारिक रूपमा पुष्टि गरेको छैन ।

 


Thali Mobile Pvt.Ltd.