भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भुटानी शरणार्थी र गिरीबन्धु टी स्टेट प्रकरणको छानबिन अघि बढाऔंः महामन्त्री थापा

भुटानी शरणार्थी र गिरीबन्धु टी स्टेट प्रकरणको छानबिन अघि बढाऔंः महामन्त्री थापा

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी र गिरीबन्धु जग्गा सट्टापट्टा प्रकरणमा छानबिन अघि बढाउन वर्तमान सरकारसँग माग गरेको छ । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै कांग्रेस महामन्त्री गगन थापाले अघिल्लो सरकारले गरेकै ठाउँबाट यस प्रकरणको अनुसन्धान अगाडि बढाउन माग गरेका हुन् ।

समीकरण बन्नुअगाडि विपक्षमा रहेका वेला कांग्रेस महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले गिरीबन्धु टी स्टेट प्रकरणमा एमाले अध्यक्ष केपी ओलीमाथि छानबिन हुनुपर्ने माग गर्दै आएका थिए । मंगलबार पनि थापाले प्रधानमन्त्री ओलीको नाम नलिए पनि गिरीबन्धु टी स्टेटको मुद्दा उठाएर सत्तारूढ दलबीच मतभेद रहेको उजागर गरेका छन् ।

थापाले गिरीबन्धुको विषयमा सरकारले कारबाही अगाडि बढाउनुपर्ने धारणा राखे । गिरीबन्धुको विषयमा २०८० माघ २४ मा सर्वोच्च अदालतले हदबन्दीभन्दा बढी जग्गा देखिएकाले गिरीबन्धु टी स्टेटको नाममा जुन जग्गा छ, त्यसलाई सरकारको नाममा फिर्ता ल्याउन स्पष्ट आदेश दिएको छ । जुन सरकार आए पनि यो गर्नैपर्छ । यो सरकारले पनि गर्नुपर्छ । जे गर्नुपर्छ भनोस् र गरोस् भन्दै कडा अभिव्यक्ति दिए ।

 


Thali Mobile Pvt.Ltd.