भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

भुटानी शरणार्थी र गिरीबन्धु टी स्टेट प्रकरणको छानबिन अघि बढाऔंः महामन्त्री थापा

भुटानी शरणार्थी र गिरीबन्धु टी स्टेट प्रकरणको छानबिन अघि बढाऔंः महामन्त्री थापा

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी र गिरीबन्धु जग्गा सट्टापट्टा प्रकरणमा छानबिन अघि बढाउन वर्तमान सरकारसँग माग गरेको छ । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै कांग्रेस महामन्त्री गगन थापाले अघिल्लो सरकारले गरेकै ठाउँबाट यस प्रकरणको अनुसन्धान अगाडि बढाउन माग गरेका हुन् ।

समीकरण बन्नुअगाडि विपक्षमा रहेका वेला कांग्रेस महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले गिरीबन्धु टी स्टेट प्रकरणमा एमाले अध्यक्ष केपी ओलीमाथि छानबिन हुनुपर्ने माग गर्दै आएका थिए । मंगलबार पनि थापाले प्रधानमन्त्री ओलीको नाम नलिए पनि गिरीबन्धु टी स्टेटको मुद्दा उठाएर सत्तारूढ दलबीच मतभेद रहेको उजागर गरेका छन् ।

थापाले गिरीबन्धुको विषयमा सरकारले कारबाही अगाडि बढाउनुपर्ने धारणा राखे । गिरीबन्धुको विषयमा २०८० माघ २४ मा सर्वोच्च अदालतले हदबन्दीभन्दा बढी जग्गा देखिएकाले गिरीबन्धु टी स्टेटको नाममा जुन जग्गा छ, त्यसलाई सरकारको नाममा फिर्ता ल्याउन स्पष्ट आदेश दिएको छ । जुन सरकार आए पनि यो गर्नैपर्छ । यो सरकारले पनि गर्नुपर्छ । जे गर्नुपर्छ भनोस् र गरोस् भन्दै कडा अभिव्यक्ति दिए ।

 


Thali Mobile Pvt.Ltd.