काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठकमा उठेका प्रश्नको जवाफ बिहिबार दिने भएका छन् । स्थायी समिति सदस्यले बोलिसकेपछि अध्यक्ष दाहालले जवाफ दिने उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले बताए । पछिल्लो राजनीतिक परिस्थितिलाई सही दिशामा अघि बढाउने हो भने प्रचण्डको विकल्प खोजीरहेको बैठकले निष्कर्ष निकाल्ने नेताहरुले बताएका छन् ।
गतिरोधलाई प्रभावकारी बनाउने हो भने अध्यक्ष प्रचण्डकै नेतृत्वमा सबै पंक्ति सङ्गठिन हुनुपर्ने कतिपयले बताएका छन् । मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई ख्याल गरेर नेतृत्वमै एकताबद्ध हुनुपर्नेमा उपाध्यक्ष सापकोटाले जोड दिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घेराबन्दी तोड्न पार्टीले खास पहल लिनुपर्ने उनको तर्क छ । त्यसैले नेतृत्वको विकल्प तत्काल खोज्न नहुने धारणा उनको छ ।
तर बहुमत नेताहरु भने प्रचण्डको विकल्प रोज्नु नै पर्ने भनेर आवाज उठाएका छन् । नेताहरूले आफ्ना धारणा राख्ने क्रममा सत्ता गठबन्धनले संविधान संशोधन गर्न चाहेको सन्दर्भमा पार्टी बलियो बनाउनुपर्ने बताएका छन् । तागपरे तिवारी नत्र गोतामे शैलीमा पार्टी चल्न नसक्ने उपमहासचिव जनार्दन शर्माले बताएका छन् ।
अबको विकल्प भनेको प्रचण्डको नेतृत्व हस्तान्त्रण रहेको भन्नै उनले चर्को आलोचना गरेका छन् । नेतृत्व छाड्न सुझाव दिदै शर्मामाले अध्यक्ष दाहालले स्थायी समिति बैठकबाटै टुंगो लगाउन आग्रह गरेको बताए । केन्द्रीय समिति बैठकलगत्तै स्पष्ट कार्ययोजनासहित माओवादीले सङ्गठन सुदृढीकरण र जनपरिचालनको योजना बनाएको छ ।
