भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कतारको रास लाफान ग्यास उद्योगमा इरानी मिसाइल आक्रमण, ठूलो क्षति

कतारको रास लाफान ग्यास उद्योगमा इरानी मिसाइल आक्रमण, ठूलो क्षति

एजेन्सी, ५ फागुन । मध्यपूर्व युद्धको २० औँ दिनमा कतारको रास लाफान इन्डस्ट्रियल सिटीस्थित विश्वकै ठूलो तरल प्राकृतिक ग्यास उद्योगमा इरानले मिसाइल आक्रमण गरेको छ । आक्रमणपछि उद्योगमा आगलागी भएको कतारको ऊर्जा कम्पनी कतार इनर्जीले जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार घटनामा ठूलो भौतिक क्षति पुगेको भए पनि मानवीय क्षति भने भएको छैन । आक्रमणपछि कतार सरकारले इरानी दूतावासका दुई उच्च अधिकारीलाई २४ घण्टाभित्र देश छोड्न आदेश दिएको छ । कतारले उक्त घटनालाई “क्षेत्रीय स्थिरतामाथि प्रत्यक्ष खतरा” को रूपमा लिएको जनाएको छ ।

यसैबीच, यूएई र साउदी अरबमा पनि ऊर्जा पूर्वाधारमाथि आक्रमणको प्रयास भएको भए पनि ती देशहरूले मिसाइल र ड्रोनहरू नष्ट गर्न सफल भएको बीबीसीले जनाएको छ । समाचारअनुसार यो आक्रमण इरानको दक्षिण पार्स ग्यास क्षेत्रमा भएको अघिल्लो आक्रमणको प्रतिशोधस्वरूप गरिएको हो ।

दक्षिण पार्स (इरान) र नर्थ फिल्ड (कतार) संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो ग्यास क्षेत्र मानिन्छ । विज्ञहरूले यस घटनाले मध्यपूर्व क्षेत्रमा ऊर्जा आपूर्तिमा जोखिम बढ्ने र अन्तर्राष्ट्रिय बजारमा तेल तथा ग्यासको मूल्यमा अनिश्चितता थपिने चेतावनी दिएका छन् । आक्रमणपछि कतारले सुरक्षा सतर्कता उच्च बनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.