भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

आज गाईजात्रा पर्व धुमधामले मनाइँदै

आज गाईजात्रा पर्व धुमधामले मनाइँदै

काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आ–आफ्नो क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दही खुवाउने चलन रहिआएको छ ।

यसो गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरमा मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएपछि यो पर्व सुरु भएको इतिहास पाइन्छ ।

यति गर्दा पनि रानी शोकबाट मुक्त नभएपछि विभिन्न प्रकारका व्यंग्यात्मक कार्यक्रम समेत गराउन आदेश दिएपछि हास्यव्यंग्यको चलन शुरू भएको मानिन्छ । प्रताप मल्लको पालादेखि चलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजदरबार भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायमै रहेको छ ।

भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा विभिन्न व्यङ्ग्यात्मक प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्य, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइने चलन छ । सरकारले आज गाईजात्रा पर्वका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

हिजो साँझ तलेजु मन्दिरबाट गाई निकालेर प्रदर्शन गरिएसंगै सुरुभएको यसवर्षको गाईजात्रा पर्व आज विशेष दिनका रुपमा लिइने चलन छ । आजका दिन एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाईका रूपमा सिंगारी आ–आफ्नो क्षेत्रमा परिक्रमा गराउने चलन अनुसार भक्तपुरबासीले अहिले धुमधामकासाथ गाइजात्रा पर्व मनाइरहेका छन् ।