भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

बर्दियाको सीमाक्षेत्रबाट २३ किलो सुन होइन, चरेश बरामद

बर्दियाको सीमाक्षेत्रबाट २३ किलो सुन होइन, चरेश बरामद

गुलरिया । बर्दियाको सीमाक्षेत्रबाट सशस्त्र प्रहरीले २३ किलो चरेश बरामद गरेको छ। सशस्त्र प्रहरी सीमा सुरक्षा बल ३१ नम्बर हेडक्वाटर मातहत बर्दियाको बढैयाताल गाउँपालिका २ फुटाहा स्थित सीमावर्ती इलाकाले ३९ प्याकेटमा राखिएको अन्दाजी २३ किलोग्राम लागुऔषध चरेश जस्तो देखिने पदार्थ बरामद गरेको हो ।

सशस्त्र प्रहरी नायव निरीक्षक सूर्यबहादुर वलीको कमाण्डमा खटिएको टोलीले मंगलबार बिहान पौने ४ बजे १ जना मानिससहित लागूऔषध नियन्त्रणमा लिएको हो ।

रुकुम पश्चिम सानोभेरी गाउँपालिका ५ निवासी ३४ वर्षीय बमबहादुर पुनलाई चेकजाँचका क्रममा अवैध सामानसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी वल सीमा सुरक्षा कार्यालय ३१ नम्बर गणका गणपति प्रहरी उपरीक्षक चित्रांगत दाहालले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.