भर्खरै : Sorry, your browser does not support inline SVG.
मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित |

गाँजा ओसार्ने दुई जना पक्राउ

गाँजा ओसार्ने दुई जना पक्राउ

बारा । ट्रकमा लागूऔषध गाँजा ओसारेर तस्करी गर्ने दुई जना पक्राउ परेका छन् ।

ट्रकसहित पक्राउ पर्नेमा चालक मकवानपुरको मनहरी गाउँपालिका–२ स्थायी घर भई हाल बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का ३२ वर्षीय आकाश भन्ने दीपक कोइराला र ट्रकमा सवार हेटौंडा १३ पदमपोखरीका ३० वर्षीय जीवन घलान रहेका छन् ।

रतनपुरबाट निजगढतर्फ जाँदै गरेको ना ५ ख ७५५२ नम्बरको ट्रकलाई निजगढ नगरपालिका १० लालपार्कस्थित सडकमा सोमबार राति प्रहरीले रोकेर चेकजाँच गरेको थियो। उक्त ट्रकमा ७ वटा ठूला पोकामा रहेको दुई क्वीन्टल १६ केजी गाँजा भेटिएपछि प्रहरीले

ट्रक चालक कोइराला र घलान दुवै जनालाई नियन्त्रणमा लिएको बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। उक्त ट्रकपनि नियन्त्रणमा लिइएको न्यौपानेले बताए ।

 


Thali Mobile Pvt.Ltd.