भर्खरै : Sorry, your browser does not support inline SVG.
मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित |

ट्रकसहित ८९० क्यू फिट अवैध काठ बरामद

ट्रकसहित ८९० क्यू फिट अवैध काठ बरामद

मुस्ताङ । लुकाईछिपाई ट्रकमा लोड गरी मुस्ताङ ल्याइएको अवैध काठ प्रहरीले बरामद गरेको छ । म्याग्दीको बेनीबाट मुस्ताङको जोमसोमतर्फ आउँदै गरेको ग २ ख नम्बरको ट्रकमा लुकाई छिपाई ल्याइएको अवैध चिरान गरिएको काठ जिल्ला प्रहरी कार्यालय मुस्ताङले नियन्त्रणमा लिएको हो ।

यसअघि आइतबार राति १० बजेको समयमा म्याग्दीको बेनीबाट मुस्ताङतर्फ अवैध काठ ट्रकमा लोड गरी लैजाँदै गरेको भन्ने गोप्य सूचना जिल्ला प्रहरी कार्यालय मुस्ताङलाई उपलब्ध गराइपछि मुस्ताङ प्रहरीले काठ लोड गरिएको ट्रकको खोजतलास सुरु गरेको थियो।

घरपझोङ गाउँपालिका–४ जोमसोम स्थित पक्की पुलतर्फ आउँदै गरेको अवस्थामा मंगलबार बिहान २ बजेको समयमा चालकसहित उक्त ट्रकलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए। बरामद भएको काठ अन्दाजी ८९९ दशमलव ९६ क्यू फिट भएको र काठको मूल्य करिब १ लाख १२ हजार बराबरको भएको जनाइएको छ।

 


Thali Mobile Pvt.Ltd.