भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चट्याङ र आँधीबेहरीजन्य घटनामा परी पाकिस्तानमा १ सय ४३ जनाको ज्यान गयो

चट्याङ र आँधीबेहरीजन्य घटनामा परी पाकिस्तानमा १ सय ४३ जनाको ज्यान गयो

एजेन्सी । पाकिस्तानमा १ सय ४३ जनाको मृत्यु भएको छ। अप्रिल महिनामा चट्याङ र अन्य आँधीबेहरीजन्य घटनामा परी पाकिस्तानमा १ सय ४३ जनाको ज्यान गएको हो ।

अप्रिलमा पाकिस्तानमा सामान्य स्तरभन्दा १ सय ६४ प्रतिशत बढी वर्षा भएका कारण यस क्षति बेहोर्नुपरेको त्यहाँको मौसम विभागले जनाएको छ । अप्रिलमा सबैभन्दा बढी मानवीय क्षति उत्तरपश्चिमी खैबर पख्तुनख्वामा भएको छ ।

यस राज्यमा ३८ बालबालिकासहित ८३ जनाको मृत्यु भएको छ भने तीन हजार ५०० भन्दा बढी घरमा क्षति पुगेको छ । सन् २०२२ को ग्रीष्मऋतुमा पाकिस्तानको एक तिहाइ भूभाग अभूतपूर्व मनसुनी वर्षाका कारण डुबानमा परेको थियो जसका कारण लाखौं मानिस विस्थापित हुनुका साथै देशलाई ३० अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको विश्व बैङ्कले जनाएको छ ।

पाकिस्तानमा अप्रत्याशित मौसमको साथै सामान्यतया जुलाईमा हुने प्रायः विनाशकारी मनसुनी वर्षाको लागि बढ्दो जोखिम रहेको छ । देशको सबैभन्दा बढी जनसङ्ख्या भएको पञ्जाब प्रान्तको केही उत्तरी भागमा असिना र पानीले मुख्य खाद्यान्नमध्येको गहुँ बाली सखाप पारेको छ ।

 


Thali Mobile Pvt.Ltd.