गाँजा ७ क्‍वीन्टलसहित दुई जना पक्राउ

गाँजा ७ क्‍वीन्टलसहित दुई जना पक्राउ image

नवलपुर । जिल्ला प्रहरीले कार्यालयले ७ क्‍वीन्टल गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । देवचुली नगरपालिका २ हमालचोकबाट भारतीय नम्बरको एनएल ०१ ५५४४ नम्बरको कन्टेनरमा फल्स बटम बनाएर राखीएको अवस्थामा गाँजा बरामद भएको हो ।

२४ वटा बोरामा प्याकीङ्ग गरेर राखीएको ७ सय २० किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक नरहरी रेग्मीले बताए । गाँजासहित सोही कन्टेनर चालक राप्ती नगरपालिका(२ का २३ वर्षीय मदन लामा र ३२ वर्षका सन्तोष लामा रहेका छन् ।

गाँजा बोकेर हिंडेको कन्टेनरलाई पछ्याउँदै मध्यविदु नगरपालिकाको चोरमाराबाट रजहरसम्म पक्राउ परेका ब्यक्तिहरुले कन्टेनर लगेर राखेको प्रहरीले जनाएको छ । गाँजा कहाबाट कसरी आयो र यसमा सम्लग्न व्यक्तिहरुको बारेमा प्रहरीले अनुसन्धान गरीरहेको छ । ठूलो मात्रामा लागुऔषध फेला परेपछि यसमा ठुलै गिरोहको सम्लग्नता हुन सक्ने प्रहरीको अनुमान छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda