भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

गाँजा ७ क्‍वीन्टलसहित दुई जना पक्राउ

गाँजा ७ क्‍वीन्टलसहित दुई जना पक्राउ

नवलपुर । जिल्ला प्रहरीले कार्यालयले ७ क्‍वीन्टल गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । देवचुली नगरपालिका २ हमालचोकबाट भारतीय नम्बरको एनएल ०१ ५५४४ नम्बरको कन्टेनरमा फल्स बटम बनाएर राखीएको अवस्थामा गाँजा बरामद भएको हो ।

२४ वटा बोरामा प्याकीङ्ग गरेर राखीएको ७ सय २० किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक नरहरी रेग्मीले बताए । गाँजासहित सोही कन्टेनर चालक राप्ती नगरपालिका(२ का २३ वर्षीय मदन लामा र ३२ वर्षका सन्तोष लामा रहेका छन् ।

गाँजा बोकेर हिंडेको कन्टेनरलाई पछ्याउँदै मध्यविदु नगरपालिकाको चोरमाराबाट रजहरसम्म पक्राउ परेका ब्यक्तिहरुले कन्टेनर लगेर राखेको प्रहरीले जनाएको छ । गाँजा कहाबाट कसरी आयो र यसमा सम्लग्न व्यक्तिहरुको बारेमा प्रहरीले अनुसन्धान गरीरहेको छ । ठूलो मात्रामा लागुऔषध फेला परेपछि यसमा ठुलै गिरोहको सम्लग्नता हुन सक्ने प्रहरीको अनुमान छ ।

 


Thali Mobile Pvt.Ltd.