भर्खरै : Sorry, your browser does not support inline SVG.

शहीद गङ्गालाल हृदय केन्द्रमा स्वास्थ्य बीमा सेवा पुनः सुरु, ओपीडीबाट सेवा लिन सकिने

शहीद गङ्गालाल हृदय केन्द्रमा स्वास्थ्य बीमा सेवा पुनः सुरु, ओपीडीबाट सेवा लिन सकिने

काठमाडौं, २३ असार । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा केही समयदेखि अवरुद्ध रहेको स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालनमा आएको छ। अस्पतालले नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ओपीडी (बहिरङ्ग) सेवा पुनः सुरु गरिएको जनाएको हो।

केन्द्रका निमित्त कार्यकारी निर्देशक डा. रवीन्द्र भक्त तिमलाका अनुसार स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बिरामीले अब पुनः ओपीडीमार्फत सेवा लिन सक्नेछन्।

यसअघि स्वास्थ्य बीमा बोर्डबाट शोधभर्ना बापत प्राप्त हुनुपर्ने रकम समयमा उपलब्ध नभएपछि कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न कठिनाइ भएको भन्दै अस्पतालले स्वास्थ्य बीमा सेवा अस्थायी रूपमा स्थगित गरेको थियो।

अस्पतालले आवश्यक समन्वयपछि स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालनमा ल्याइएको जनाएको छ। यससँगै स्वास्थ्य बीमा गरेका सेवाग्राहीले पुनः गङ्गालाल हृदय केन्द्रबाट ओपीडी सेवा लिन सक्ने भएका छन्।

 


Thali Mobile Pvt.Ltd.