भर्खरै : Sorry, your browser does not support inline SVG.
होर्मुज जलडमरूमध्यमा एलएनजी ट्याङ्करमाथि आक्रमण, ओमान नजिक आगलागी | खाना नपाएको भन्दै खरिपाटी होल्डिङ सेन्टरमा सुकुमवासीको प्रदर्शन | घरजग्गा बजारमा सुधारको संकेत : कारोबार र राजस्वमा उछाल, काठमाडौं अग्रस्थानमा | एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण | टीकापुर प्रहरी हिरासतबाट थुनुवा फरार : डीएसपी तिमिल्सिनाको नेतृत्वमा छानबिन समिति गठन | शहीद गङ्गालाल हृदय केन्द्रमा स्वास्थ्य बीमा सेवा पुनः सुरु, ओपीडीबाट सेवा लिन सकिने | राहदानी छपाइमा ‘अर्बौँको अनियमितता’ आरोप, लेखा समितिमा फाइल झिकाएर छानबिन गर्न सांसदहरूको माग | बर्डफ्लु प्रभावित किसानलाई एक साताभित्र क्षतिपूर्ति, सरकारले ५२ करोड रुपैयाँ वितरण गर्ने |

टीकापुर प्रहरी हिरासतबाट थुनुवा फरार : डीएसपी तिमिल्सिनाको नेतृत्वमा छानबिन समिति गठन

टीकापुर प्रहरी हिरासतबाट थुनुवा फरार : डीएसपी तिमिल्सिनाको नेतृत्वमा छानबिन समिति गठन

मुख्य बुँदा

टीकापुर प्रहरी हिरासतबाट लागूऔषध मुद्दाका थुनुवा फरार।

डीएसपी योगेन्द्र तिमिल्सिनाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन।

ड्युटीमा रहेका प्रहरी जवान ललि भण्डारी निलम्बित।

फरार थुनुवाको खोजीका लागि प्रहरी परिचालन।

घटनाबारे विस्तृत अनुसन्धान जारी।

धनगढी, २३ असार । कैलालीको टीकापुरस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट लागूऔषध मुद्दाका एक थुनुवा फरार भएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन उनकै संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो।

घटनापछि ड्युटीमा रहेका प्रहरी जवान ललि भण्डारीलाई निलम्बन गरिएको प्रहरीले जनाएको छ। फरार हुने थुनुवा टीकापुर नगरपालिका–१ निवासी ३१ वर्षीय संजय नगार्जी हुन्। प्रहरीका अनुसार उनी आइतबार राति पानी खाने बहानामा हिरासतबाट बाहिर निस्कने क्रममा ड्युटीमा रहेका प्रहरीलाई धकेल्दै फरार भएका थिए।

नगार्जी असार ९ गते लागूऔषध मुद्दामा पक्राउ परेका थिए। फरार भएपछि उनको खोजीका लागि विभिन्न प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी रहेको र फरार थुनुवालाई पक्राउ गर्न खोजी अभियानलाई तीव्र बनाइएको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.