भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

टीकापुर प्रहरी हिरासतबाट थुनुवा फरार : डीएसपी तिमिल्सिनाको नेतृत्वमा छानबिन समिति गठन

टीकापुर प्रहरी हिरासतबाट थुनुवा फरार : डीएसपी तिमिल्सिनाको नेतृत्वमा छानबिन समिति गठन

मुख्य बुँदा

टीकापुर प्रहरी हिरासतबाट लागूऔषध मुद्दाका थुनुवा फरार।

डीएसपी योगेन्द्र तिमिल्सिनाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन।

ड्युटीमा रहेका प्रहरी जवान ललि भण्डारी निलम्बित।

फरार थुनुवाको खोजीका लागि प्रहरी परिचालन।

घटनाबारे विस्तृत अनुसन्धान जारी।

धनगढी, २३ असार । कैलालीको टीकापुरस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट लागूऔषध मुद्दाका एक थुनुवा फरार भएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन उनकै संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो।

घटनापछि ड्युटीमा रहेका प्रहरी जवान ललि भण्डारीलाई निलम्बन गरिएको प्रहरीले जनाएको छ। फरार हुने थुनुवा टीकापुर नगरपालिका–१ निवासी ३१ वर्षीय संजय नगार्जी हुन्। प्रहरीका अनुसार उनी आइतबार राति पानी खाने बहानामा हिरासतबाट बाहिर निस्कने क्रममा ड्युटीमा रहेका प्रहरीलाई धकेल्दै फरार भएका थिए।

नगार्जी असार ९ गते लागूऔषध मुद्दामा पक्राउ परेका थिए। फरार भएपछि उनको खोजीका लागि विभिन्न प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी रहेको र फरार थुनुवालाई पक्राउ गर्न खोजी अभियानलाई तीव्र बनाइएको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.