भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सी चिनफिङसँग आजै भेटवार्ता गर्ने

प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सी चिनफिङसँग आजै भेटवार्ता गर्ने

काठमाडौं, १४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको थियानजिन शहरमा पुगेका छन् । शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री चीन पुगेका हुन् ।

प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार दिउँसो ३:१५ बजे पुगेका हुन् । उनीसँगै नेपाल सरकारका उच्च अधिकारीहरू र अन्य प्रतिनिधिहरू पनि चीन पुगेका छन् । प्रधानमन्त्री ओलीले शिखर सम्मेलनका अवसरमा विभिन्न देशका राष्ट्राध्यक्ष र प्रमुखहरूसँग द्विपक्षीय भेटघाट गर्ने कार्यतालिका रहेकाे छ । यी भेटवार्तामा नेपाल र ती राष्ट्रहरू बीचका प्राथमिकताहरू र द्विपक्षीय सहकार्यका विषयमा छलफल हुने बताइएकाे छ।

यसका अतिरिक्त, प्रधानमन्त्री ओलीले आगामी सेप्टेम्बर २ मा चीनका उपराष्ट्रपति हान झेङसँग पनि भेटवार्ता गर्नेछन् । सो शिखर सम्मेलनमा प्रमुख नेताहरूसँग प्रधानमन्त्री ओलीको भेटवार्ता तय भइ सकेकाे बताइएकाे छ । जसमा रूसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा सोमदेक मोहा, लाओसका प्रधानमन्त्री सोनेसाइ सिपानडोन र भियतनामका प्रधानमन्त्री फाम मिन चिङ लगायतका नेताहरू रहेका छन् ।

प्रधानमन्त्री ओलीसँग नेपाली प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान र प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा र उच्चस्तरीय सरकारी अधिकारीहरू रहेका छन् ।

प्रधानमन्त्री ओली यहि भदौ १८ गते स्वदेश फर्कनेछन् ।

 

 


Thali Mobile Pvt.Ltd.