भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

इजरायली नाकाबन्दीले गाजामा भोकमरी भयावह, पाँच लाखभन्दा बढी संकटमा

इजरायली नाकाबन्दीले गाजामा भोकमरी भयावह, पाँच लाखभन्दा बढी संकटमा

मुख्य बुँदा:

संयुक्त राष्ट्रसंघ (यूएन) र सहायताकर्मी संस्थाले गाजामा भोकमरी भयावह बनेको चेतावनी

गाजाको उत्तर–मध्य भागमा भोकमरी पुष्टि, अर्को महिनाभित्र देइर अल–बलाह र खान युनिससम्म फैलिने अनुमान

हाल पाँच लाखभन्दा बढी मानिस भोक, अभाव र जीवन जोखिममा

सेप्टेम्बरको अन्त्यसम्म ६ लाख ४० हजारभन्दा बढी प्रभावित हुने आँकलन

पाँच वर्षमुनिका १ लाख ३२ हजार बालबालिका गम्भीर कुपोषणको जोखिममा

युद्ध शुरू भएयता भोकमरीका कारण ३१३ जनाको मृत्यु, जसमा ११९ बालबालिका

काठमाडौँ, १२ भाद्र ।  इजरायली नाकाबन्दीका कारण गाजामा मानवीय सङ्कट दिन प्रतिदिन गम्भीर बन्दै गएको छ। संयुक्त राष्ट्रसंघ (यूएन) र सहायताकर्मी संस्थाहरूले गाजामा भोकमरी भयावह स्तरमा पुगेको भन्दै चेतावनी दिएका छन्।

हिजो यूएन सुरक्षा परिषदलाई सम्बोधन गर्दै यूएनका सहायक मानवीय प्रमुख जोय्स मुसुयाले गाजाको उत्तर–मध्य भागमा भोकमरी पुष्टि भएको र अर्को महिनाको अन्त्यसम्म देइर अल–बलाह र खान युनिससम्म फैलिन सक्ने अनुमान गरिएको बताए।

अहिले पाँच लाखभन्दा बढी मानिस भोक, अभाव र जीवन जोखिममा रहेको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ। यो सङ्ख्या सेप्टेम्बरको अन्त्यसम्म ६ लाख ४० हजार नाघ्ने अनुमान गरिएको छ। जसमा पाँच वर्षमुनिका १ लाख ३२ हजार बालबालिका गम्भीर कुपोषणको उच्च जोखिममा छन्।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हिजो मात्र १० जनाको मृत्यु भोकमरी र कुपोषणका कारण भएको छ। युद्ध शुरू भएयता भोकमरीकै कारण ३१३ जनाले ज्यान गुमाइसकेका छन्, जसमा ११९ जना बालबालिका रहेका छन्।

सहायताकर्मी संस्थाहरूले तत्काल मानवीय पहुँच सुनिश्चित गर्न र नाकाबन्दी हटाउन आग्रह गरेका छन्, अन्यथा गाजामा मृत्यु दर अझै बढ्ने चेतावनी दिइएको छ।

 


Thali Mobile Pvt.Ltd.