भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

काभ्रेपलाञ्चोकमा पहिरोको जोखिम अध्ययन गर्दै भूगर्भविद्

काभ्रेपलाञ्चोकमा पहिरोको जोखिम अध्ययन गर्दै भूगर्भविद्

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा पहिरोको उच्च जोखिम रहेको जनाउँदै तेमाल गाउँपालिकाको दुई स्थानमा अध्ययन सुरु गरिएको छ। अध्ययन टोलीमा भूगर्भ विज्ञान, सामाजिक विज्ञान र मानविकी सङ्कायका नेपाली तथा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता छन्। अध्ययनका लागि पहिरोको उच्च जोखिम रहेको तेमालको वडा नं ४ स्थित आखेलादुर्सा र वडा नं ५ को थालागाङमा अत्याधुनिक उपकरण राखिएको छ।

पहिरोको कारण र समय पत्ता लगाउन अनुसन्धान थालिएको टोलीमा सहभागी नेपाली भुगोलविद् गोपीकृष्ण बस्थालले बताए। ‘तेमालमा वर्षा, कम्पन र चिस्यानको औषत् मापनद्वारा पहिरोको कारणबारे अनुसन्धान गरिरहेका छौँ, अनुसन्धानले पहिरो जानुपूर्व नै स्थानान्तरण तयारी गर्न तथा नीति-कार्यक्रम बनाउनको मद्दत पुग्नेछ,’ उनले भने।

बस्यालका अनुसार जमिनमा राखिने ‘बेव इन्यावल्ड डाटा लगर’सहितको उक्त उपकरणमा चिस्यान मापन गर्ने यन्त्र, तापक्रम र आद्रता नाप्ने सेन्सर र ध्वनी उत्सर्जन गर्ने सेन्सर जडान गरिएका छन्।

उक्त उपकरणले सेन्सरमार्फत सबै ‘डाटा रेकर्ड’ गरिरहेको हुन्छ। बस्यालले भने, “उपकरणले पहिरो जाँदैछ भनेर साइरन बजाउँदैन तर, जमिनभित्रको तथ्याङ्कले पहिरो जानसक्ने अवस्थाबारे जानकारी दिएपछि पूर्वतयारी गर्नुपर्छ र योजना बनाउन सहज पुग्ने छ।

गाउँपालिकामा सजग नेपाल नामक एक सोधमूलक परियोजनाको संयोजकत्वमा प्राविधिक र सामाजिक–सांस्कृतिक अध्ययन गर्न थालेको हो। उक्त परियोजनामा सोशल साइन्स, तथा बेलायत, क्यानडा, न्यूजिल्यान्डका विभिन्न विश्वविद्यालयलगायत एनएसइटीका प्रतिनिधिमूलक संस्था प्रतिनिधिको संग्लग्नता रहेको छ । परियोजनाको नेपाल सरकारको सरोकारवाला निकाय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, वातावरण तथा विपद् व्यवस्थापन शाखा, भूकम्प प्रविधि राष्ट्रिय समाजले अवलोकन निरीक्षण गरिरहेको छ।

नेपालका पहिरोको उच्च जोखिम अध्ययन अनुसन्धानमा संलग्न मानवशास्त्री टेकबहादुर दोङले काभ्रेपलाञ्चोकको तेमालका दुई स्थानका अलावा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिको मार्मिङ र कोदारी, बाह्रबिसे नगरपालिकाको तल्लो सिगार्चे र माथिल्लो सिगार्चे, दोलखाको भीमेश्वर नगरस्थित फेदी र बोस्युङपा र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका– २ स्थानमासमेत १० स्थान उक्त उपकरणद्वारा पहिरोको उच्च जोखिमबारे अध्ययन भइरहेको जानकारी दिए।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काभ्रेपलाञ्चोकलाई यसवर्ष बाढीपहिरोको उच्च जोखिममा ‘मध्यम’ जिल्लाका रुपमा सूचीकृत गरेको थियो।

यस्तै जिल्लामा यस वर्षको ‘मनसुनजन्य विपद्’मा तीन हजार सात सय ५७ घर उच्च जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाले जनाएको थियो ।

शाखाको विपद् तथा जोखिम वर्गीकरणमा परेकामध्ये सबैभन्दा बढी मण्डनदेउपुर नगरमा सबैभन्दा बढी सात सय ८५ र सबैभन्दा कम बेथानचोक गाउँपालिकामा एक सय ४८ घर विपद्जन्य घटनाको उच्च जोखिममा रहेको उल्लेख गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.