भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

धारिलो हतियार प्रहारबाट एक जना गम्भीर घाइते

धारिलो हतियार प्रहारबाट एक जना गम्भीर घाइते

रौतहट । एक जना पुरुषमाथि धारिलो हतियार प्रहार भएको छ । हतियार प्रहारबाट गढीमाई नगरपालिका–१ समनपुरका कनाई साहको ३५ वर्षीय छोरा चन्दन साह गम्भीर घाइते भएका छन् । गए राति साढे ८ बजेको समयमा गरुडा नगरपालिका–९ नरकटिया गाउँ देखी एक किलोमिटर दक्षिण बाटोमा अपरिचित व्यक्तिले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा साह सख्त घाइते भएको प्रहरीले जनाएको छ ।

साहले प्रतिकार गर्दै चिच्याउन थालेपछि खुकुरी प्रहार गर्ने व्यक्ति भागेका थिए । घर समनपुरतर्फ जाँदै गरेको अवस्थामा नाम, थर, वतन नखुलेको अज्ञात मानिसले साहलाई घेरा हाली उनको टाउको, टाउको पछाडि र बायाँ हातमा खुकुरी प्रहार गर्दा घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । गम्भीर घाइते साहको सरस्वती हस्पिटल गरुडामा उपचार भइरहेको छ ।

कसले खुकुरी प्रहार गरेको भन्ने खुली नसकेको तथा आक्रमणमा संलग्न व्यक्तिको खोजतलास भइरहेको रौतहटका प्रहरी प्रवक्ता एवं डिएसपी दीपक कुमार रायले बताए । साहको अवस्था चिन्ताजनक रहेको परिवारले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.