१ करोड १५ लाख घुस खाने प्रमुख प्रशासकीय अधिकृत पराजुली कुर्सीबाटै पक्राउ

१ करोड १५ लाख घुस खाने प्रमुख प्रशासकीय अधिकृत पराजुली कुर्सीबाटै पक्राउ image

पर्वत । कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदय बहादुर पराजुली पक्राउ परेका छन् । बुधबार उनलाई कार्यकक्षबाटै प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरिदिन भन्दै पर्वतलाई पत्राचार गरेपछि उनलाई पक्राउ गरी आजै पोखरा पठाउने तयारी कार्य भएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यले बताए ।

मित्रमिलन बचत तथा ऋण सहकारीमा बचत गरेको सर्वसाधारणको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका अध्यक्ष रमण पौडेल र व्यवस्थापक किरण अधिकारीले सहकारीको कार्यक्षेत्र विस्तार गर्दा आफूहरूले रजिष्ट्रार पराजुलीलाई घुस खुवाएको बयान दिएका थिए ।

स्याङ्जामा सहकारीको सेवा केन्द्र बिस्तार गर्दा तत्कालीन सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका प्रमुख रजिष्ट्रार पराजुलीलाई १ करोड १५ लाख रुपैयाँ घुस दिएका थिए ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda