भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पहिरो खस्दा घ्याम्पेडाडा रानीकोट सडक अवरूद्व

पहिरो खस्दा घ्याम्पेडाडा रानीकोट सडक अवरूद्व

भक्तपुर । सूर्यविनायक पनौती सडकखण्ड अन्तर्गत घ्याम्पेडाडा रानीकोटमा पहिरो खस्दा बाटो अवरूद्व भएको छ । झरीसंगै पहिरो खस्दा सडक भत्किएको हो । सडक अवरूद्व भएपछि साना सवारी साधन रोकिएका छन् ।

बाटो बन्द भएपछि काभ्रेको पनौतीबाट सूर्यविनायक आउने यात्रुले सास्ती खेप्न परेको छ । अहिले बाटो खुलाउने कार्य चलिरहेको र करिब २ घण्टाको प्रयासबाट सडकमा ढलेका रूख पन्छाउने कार्य पूरा भएको प्रहरीले जनाएको छ । डोजरले माटो पन्छाउने कार्य जारी छ ।

साँझसम्म सवारी आवतजावत गर्ने गरि स्थानीयले पनि माटो पन्छाउने काम गरिरहेको मननारायण श्रेष्ठले बताए । अहिले पनि पहिरोको जोखिम बढेकाले वैकल्पिक मार्ग प्रयोग गर्न भनिएको जगाती प्रहरीले बताएको छ ।

पानीका कारण ठाउँठाउँमा पहिरो जाने, सडक भासिने समस्या देखिएपछि वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ । सडक बन्द हुँदा यसक्षेत्रका होटल तथा रेष्टुराहरू पनि प्रभावित भएका छन्
।  

 


Thali Mobile Pvt.Ltd.