भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

पहिरो खस्दा घ्याम्पेडाडा रानीकोट सडक अवरूद्व

पहिरो खस्दा घ्याम्पेडाडा रानीकोट सडक अवरूद्व

भक्तपुर । सूर्यविनायक पनौती सडकखण्ड अन्तर्गत घ्याम्पेडाडा रानीकोटमा पहिरो खस्दा बाटो अवरूद्व भएको छ । झरीसंगै पहिरो खस्दा सडक भत्किएको हो । सडक अवरूद्व भएपछि साना सवारी साधन रोकिएका छन् ।

बाटो बन्द भएपछि काभ्रेको पनौतीबाट सूर्यविनायक आउने यात्रुले सास्ती खेप्न परेको छ । अहिले बाटो खुलाउने कार्य चलिरहेको र करिब २ घण्टाको प्रयासबाट सडकमा ढलेका रूख पन्छाउने कार्य पूरा भएको प्रहरीले जनाएको छ । डोजरले माटो पन्छाउने कार्य जारी छ ।

साँझसम्म सवारी आवतजावत गर्ने गरि स्थानीयले पनि माटो पन्छाउने काम गरिरहेको मननारायण श्रेष्ठले बताए । अहिले पनि पहिरोको जोखिम बढेकाले वैकल्पिक मार्ग प्रयोग गर्न भनिएको जगाती प्रहरीले बताएको छ ।

पानीका कारण ठाउँठाउँमा पहिरो जाने, सडक भासिने समस्या देखिएपछि वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ । सडक बन्द हुँदा यसक्षेत्रका होटल तथा रेष्टुराहरू पनि प्रभावित भएका छन्
 

 


Thali Mobile Pvt.Ltd.