भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

नयाँ वर्षमा घुम्नै पर्ने नजिकका पर्यटकीय गन्तव्य घ्याम्पेडाँडा र रानीकोट

नयाँ वर्षमा घुम्नै पर्ने नजिकका पर्यटकीय गन्तव्य घ्याम्पेडाँडा र रानीकोट

भक्तपुर । नयाँ वर्षमा घुम्न कता जाने भन्ने अलमलमा पुर्न भएको छैन् ? यदी अलमलमा पर्नु भएको छ भने न जाडो, न गर्मी । घुमफिर गर्नका लागि यतिबेलाको मौसम उपयुक्त रहेको छ । नयाँ वर्षको माहोल चलिरहेका वेला टाढा भन्दा पनि राजधानी नजिकैका पर्यटकीय गन्तव्यमा जानु उपयुक्त मानिन्छ ।

नयाँ वर्षमा नयाँ उमंग बोकेर काठमाडौं उपत्यकाभित्रको भक्तपुर जिल्लामा घुम्ने थुप्रै पर्यटकीय गन्तव्यहरु रहेपनि पछिल्लो समयमा चर्चित पर्यटकीय गन्तव्य घ्याम्पेडाँडा, रानीकोट सबै भन्दा नजिकका पर्यटकीय गन्तव्य हुन ।

घ्याम्पेडाँडा

राजधानीबाट नजिकैको पर्यटकीय गन्तव्य हो घ्याम्पेडाँडा । यहाँ आउने पर्यटकहरुका लागि सडक सञ्जालको राम्रो व्यवस्था रहेको छ । घ्याम्पेडाँडामा पर्यटकहरुका लागि आरामदायी राम्रा रिसोर्टहरुको बन्दोवस्त रहेको छ ।

यहाँ आकर्षक अनि सबै भन्दा ठूलो होटल घ्याम्पेडाँडा रहेको छ । यहाँ विभिन्न किसिमका सभा, समारोह, सेमिनार, विभिन्न किसिमका पटी आयोजना गर्न सुविधासम्पन्न सभाहलहरु रहेका छन् । खान, वस्नका लागि आरामदायी कोठाहरु रहेका छन् ।

घयाम्पेडामा यो यो जिपलाइन समेत रहेको छ । यहाँ ठूला साना होटल तथा रिसोर्टहरु समेत रहेका छन् । यहाँ हाइकिङको माध्यमबाट पनि जान सकिन्छ । घ्याम्पेडाँडा अरनिको राजमार्ग अन्र्तगत सूर्यविनायक बनेपा खण्डबाट पाँच किलोमिटरको दुरीमा रहेको छ ।नयाँ वर्षमा घुम्नै पर्ने नजिकका पर्यटकीय गन्तव्य घ्याम्पेडाँडा र रानीकोट

रानीकोट

रानीकोट ऐतिहासिक स्थान भएकाले पनि यहाँ जाने पर्यटकहरुलाई आनन्दको अनुभूति हुने गरेको छ । यहाँबाट उपत्यकाको सुन्दर दृश्यहरु अवलोकन गर्न सकिन्छ । रानीकोटबाट उपत्यकाका तीन सहरहरुलगायत काभ्रे जिल्लाका विभिन्न भागहरु अवलोकन गर्न सकिने स्थानीयहरुको भनाई छ ।

रानीकोटमा जाने पाहुनाहरुका लागि पर्यटकस्तरिय भिलेज हाइल्याण्ड रिसोर्ट रहेको छ भने पानोरमा भ्यूटावर रिसोर्ट, रानीकोट हाइकिङ रिसोर्ट, इमअफ ड्रिमस रिसोर्ट, सेभेन केएम रिसोर्ट लगायतका रिसोर्टहरु रहेका छन् ।

यहाँ खान वस्नका लागि राम्रो व्यवस्था रहेको छ । रानीकोटमा बाग भैरव जस्ता धार्मिक स्थलहरु रहेका छन् भने यहाँबाट लाकुरभन्ज्याङ नजिकै रहेको छ । यहीबाटो भएर काभ्रेको पनौती नगरपालिका जानसकिन्छ ।नयाँ वर्षमा घुम्नै पर्ने नजिकका पर्यटकीय गन्तव्य घ्याम्पेडाँडा र रानीकोट

बुकाचो गढी
पर्यटकहरुका लागि महत्वपूर्ण मानिएको बुकाचो गढी ऐतिहासिक स्थल हो । यहाँबाट काठमाडौं उपत्यकाका सम्पूर्ण स्थानहरु र काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानहरु अवलोकन गर्न सकिन्छ । यहाँ पृथ्वीनारायण शाहको पूर्णकदको शालिक निर्माण गरिएको छ भने भ्यूटावर र मन्दिर निर्माण गरिएको छ ।

बुकाचो गढी जान डोलेश्वरको दर्शन गरेर जान सकिन्छ । योसंगै आशापुरेश्वर माहादेवको दर्शन गर्न सकिन्छ । यहाँ पुग्नका लागि सडक सञ्जालको राम्रो व्यवस्था रहेको छ ।नयाँ वर्षमा घुम्नै पर्ने नजिकका पर्यटकीय गन्तव्य घ्याम्पेडाँडा र रानीकोट

 


Thali Mobile Pvt.Ltd.