परीक्षा दिएर फर्केकी छात्रामाथि गोली प्रहार

परीक्षा दिएर फर्केकी छात्रामाथि गोली प्रहार image

काठमाडौं । कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी झापाकी एक छात्रामाथि आक्रमण भएको छ । १८ वर्षकी एनिका अधिकारीको गोली लागि घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले बताए ।

दमकको हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत अधिकारीको उपचारका लागि दमकस्थित लाइफ लाइन अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । पेटमा गोलीको छर्रा भेटिएको छ । शरीरका दुई ठाउँमा गोली लागेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए ।

उनले भने, ‘आक्रमणकारीको पहिचान हुन सकेको छैन, अहिले नाका सिल गरेर खोजी कार्य जारी छ ।’ उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । अधिकारीको कपडामा गोलीको खोका फेला परेको प्रहरीको भनाइ छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda