भर्खरै : Sorry, your browser does not support inline SVG.
मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित |

परीक्षा दिएर फर्केकी छात्रामाथि गोली प्रहार

परीक्षा दिएर फर्केकी छात्रामाथि गोली प्रहार

काठमाडौं । कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी झापाकी एक छात्रामाथि आक्रमण भएको छ । १८ वर्षकी एनिका अधिकारीको गोली लागि घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले बताए ।

दमकको हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत अधिकारीको उपचारका लागि दमकस्थित लाइफ लाइन अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । पेटमा गोलीको छर्रा भेटिएको छ । शरीरका दुई ठाउँमा गोली लागेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए ।

उनले भने, ‘आक्रमणकारीको पहिचान हुन सकेको छैन, अहिले नाका सिल गरेर खोजी कार्य जारी छ ।’ उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । अधिकारीको कपडामा गोलीको खोका फेला परेको प्रहरीको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.