कार्यकक्षमै प्रहरी जवानले चलाए गोली

कार्यकक्षमै प्रहरी जवानले चलाए गोली image

कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत एक प्रहरी जवान वर्ष २१ का चक्रप्रसाद न्यौपानेले शुक्रबार साँझ कार्यकक्षभित्रै आफैँमाथि टाउकोमा गोली प्रहार गरेका छन् । टाउकोमा गोली लागेका न्यौपानेको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।

न्यौपानेको स्वास्थ्य अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए । उनले भने, “प्रबन्ध शाखामा गोली चलेको आवाज आयो, उनी एक्लै त्यहाँ थिए,” जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक जोशीले भन्नुभयो, “न्यौपानेको टाउकोबाट रगत बगिरहेको थियो, घाइते अवस्थामा थिए ।”

घाइते भएको जानकारी पाइएपछि उनलाई तत्कालै उपचारका लागि महाकाली अस्पताल पुर्‍याइयो । त्यहाँ उपचार सम्भव नभएपछि कैलालीको धनगढी हुँदै बाँकेको कोहलपुर पुर्‍याइएको छ । न्यौपानेले के कति कारणले गोली चलाएका हुन् खुलेको छैन । अहिले अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जोशीले बताए ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • कुटपिटबाट एकजनाको मृत्यु image

    कुटपिटबाट एकजनाको मृत्यु

    झापा । झापाको कमल गाउँपालिका–७ का ४५ वर्षीय देवलाल चौधरीको कुटपिटबाट मृत्यु भएको छ । दमकस्थित इलाका प्रहरी कार्यालयकाअनुसार सामान्य विवादका क्रममा दुई दिनअघि सोही स्थानका ३७ वर्षीय पुण्यप्रसाद...

  • धनुषा प्रहरीद्वारा नक्कली ‘डिएसपी’ पक्राउ image

    धनुषा प्रहरीद्वारा नक्कली ‘डिएसपी’ पक्राउ

    जनकपुर । धनुषा प्रहरीले आफ्नै डिएसपीलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको ‘डिएसपी (प्रहरी नायब उपरीक्षक) हुँ’ भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको हो । आफू डिएसपी भएको...

  • १५ लाख चोरी गरेरे भागेका दुईजना कास्की प्रहरीको फन्दामा image

    १५ लाख चोरी गरेरे भागेका दुईजना कास्की प्रहरीको फन्दामा

    पर्वत । जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई पक्राउ गरेको छ। पार्टी प्यालेसबाट झण्डै १५ लाख रुपैयाँ चोरी गरेका दुईजनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो । गत...

  • डस्टबिनभित्र सालनाल सहितको मृत शिशु image

    डस्टबिनभित्र सालनाल सहितको मृत शिशु

    प्यूठान । सरुमारानी गाउँपालिका २ दर्भानमा नवजात शिशुको शव फेला परेको छ । बिहिवार स्थानीय तकमान कुमालको घर अगाडि रहेको डस्टबिन भित्र सालनाल समेत नकाटिएको अवस्थामा शिशुको शव फेला...


hotelghyampedanda