भक्तपुर जिल्ला तेक्वान्दो संघको वार्षिक साधारण सभा सम्पन्न

भक्तपुर जिल्ला तेक्वान्दो संघको वार्षिक साधारण सभा सम्पन्न image

भक्तपुर । खेलकुदलाई पर्यटनसंग जोडेरलैजान पहल भइरहेको नेपाल तेक्वान्दो संघ बागमती प्रदेश अध्यक्ष केशव पुरीले बताएका छन् । भक्तपुर जिल्ला तेक्वान्दो संघको आज चाँगुनारायण नगरपालिकाको हेलमेटडाडाँमा सम्पन्न वार्षिक साधारण सभालाई सम्बोधन गर्दैै उनले यस्तो बताएका हुन ।

राष्ट्रका लागि खेल र स्वास्थ्यका लागि खेलकुद भन्ने नाराकासाथ प्रदेशकै १३ वटा जिल्लाका तेक्वान्दो संघलाई चलायमान बनाउन विशेष कार्यक्रम अघिसारिएको जानकारी दिए । खेलाडीहरुका मर्म, चाहना र आवश्यक्ता एवं समस्यालाई मध्यनजर गर्दै स्थानीय पालिकाहरुमा समस्या समाधानका लागि पहल भइरहेको जिकिर गरे ।

यस्तै संघका बागमती प्रदेश उपाध्यक्ष रमेश बखतीले खेलकुदमा राजनीति भयो भनेर बेला बेला गुनासा सुन्न परिरहेको भन्दै अबका दिनमा राजनीति रहित खेलकुद बनाउन पहल थालिने जिकिर गरे । खेलकुद विकासमा गति दिन जिल्लामा पूर्वाग्रहरहित तरिकामा काम भइरहेको र खेलाडीको संख्या दिनानुदिन बढ्दै गएको तेक्वान्दो संघ भक्तपुरका अध्यक्ष स्याम तजलेले बताए ।

कार्यक्रमका सभापति समेत रहेका अध्यक्ष तजलेले तेक्वान्दाे खेलका लागि जिल्लामा सबै गतिविधि अघिबढाएकाे धारणा राखे । कानुनमा भएका कुराकाे पूर्ण पालना गर्दै संघकाे गतिविधि जिल्लाभर गरिरहेकाे जानकारी दिए ।

नेपालको खेलकुद इतिहासमा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा तेक्वान्दोको योगदान महत्वपूर्ण रहेको जिल्ला खेलकुद विकास समिति अध्यक्ष राजु थापाले बताए । खेलकूदकाे क्षेत्रमा खेलाडी मात्रै नभई प्रशिक्षक तथा निर्णायकसमेत अनुशासन र जिम्मेवारी पूर्वक अघि वढ्नु पर्ने धारणा  राख्दै साधारण सभाको पूर्ण सफल्ताको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा वक्ताहरुले स्थानीयस्तरमा आयोजना हुने खेलकुदलाईसमेत विश्वव्यापीकरण गर्नुपर्ने र भक्तपुरमा अन्तराष्ट्रिय स्तरको एउटा खेलकुद रंगशाला हुनुपर्नेमा जोड दिएका थिए । तेक्वान्दोको उर्जा शक्तीलाई एकिकृत गर्दै तेक्वान्दोे विकासका लागि भक्तपुरका चार वटै नगरपालिकाले विशेष पहल गरिरहेको संघका सचिव रामबहादुर क्षेत्रीले बताए ।

उपाध्यक्ष राजेश कुसीकाे स्वागत मन्तव्यबाट सुरू भएकाे साधारण सभामा खेलकुदका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने खेलाडी, रेफ्रि, पत्रकार तथा विशिष्ट व्यक्तित्वहरुलाई सम्मान तथा मायाकाे चिनाे प्रदान गरिएको थियो ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda