भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

मौलापुरमा जनतालाई निःशुल्क बिजुली पानी

मौलापुरमा जनतालाई निःशुल्क बिजुली पानी

रौतहट। मौलापुर नगरपालिकाले नागरिकको विद्युत महशुल बापत दुई करोड बढी रुपैयाँ नेपाल विद्युत प्राधिकरणलाई बुझाएको छ। सम्पूर्ण करसंगै निःशुल्क बिजुली पानीको लागी मधेश प्रदेशमै छुट्टै स्थान बनाउन सफल मौलापुरले निःशुल्क विद्युत कार्यक्रमअन्तर्गत नगरवासीहरूको विद्युत महसुल बापत उक्त रकम बुझाएको हो।

मेयर रिना कुमारी साहको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले शुक्रवार ३५ लाख बराबरको चेक नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रका आय प्रमुख सुरेश प्रसाद चौधरीलाई हस्तान्तरण गरे । यही पुस, माघ, र फाल्गुन महिनाका घरायसी तथा कृषि विद्युत मिटरहरूको महसुल भुक्तानी हुने छ।

चालु आर्थिक वर्ष २०८१, ०८२ मा हालसम्म मौलापुर नगरपालिकाले २ करोड २० लाख रुपैयाँको विद्युत महसुल बापत प्राधिकरण लाई बुझाएको अधिकृत साहले बताए । मौलापुर नगरपालिकाले नयाँ विद्युत मिटर जडान गरेका उपभोक्ताहरूलाई नागरिकता र ग्राहक नम्बरसहित निवेदन दिएर निःशुल्क ग्राहक सूचीमा समावेश हुन आग्रह गरेको छ । मौलापुर नगरपालिकामा रिना साहले मेयरको जिम्मेवारी पाएदेखि नै त्यहाँबाट पाउने सम्पूर्ण सुविधाका साथै बिजुली र पानी निःशुल्क गरेकी हुन् ।

 


Thali Mobile Pvt.Ltd.