भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सरकार ढल्ने संकेतः प्रचण्डले सुरू गरे विपक्षीको मोर्चाबन्दी

सरकार ढल्ने संकेतः प्रचण्डले सुरू गरे विपक्षीको मोर्चाबन्दी

काठमाडौं । सरकार ढल्ने संकेत पाएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएको नेताहरुले बताएका छन् । बैठकमा विभिन्न कोणबाट प्रश्न उठे पनि त्यो त्यसविरुद्धको मोर्चाबन्दी नभई विपक्षीका हिसाबले छलफल भएको बताएका हुन्।

सरकारले देश चलाउन नसक्ने र देशले सरकार धान्न नसक्ने स्थिति बन्दै गइरहेको प्रति व्यापक बहस भएको बैठकमा सहभागी माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए । उनले भने, ‘हामीले कांग्रेस नेताहरूसँग छलफल गरेका छैनौँ । तर कांग्रेसका नेताहरूले सार्वजनिक रूपमा नै यो सरकारका विरुद्ध अभिव्यक्ति दिन थालेका छन् ।’

बैठकमा सहभागी एकीकृत समाजवादीका नेता बेदुराम भुसालले आफैले गरेका वाचामा सरकार निकम्मा भएको बताउँदै त्यसको मूल्याङ्कन सुरु गरिएको बताए । बुधवारको बैठकका आधारमा पुनः आज बैठक बसेर साझा धारणा सार्वजनिक गर्ने तयारी भएको भुसालले बताए ।

बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी सहभागी भएको र आज थप दलहरू सहभागी हुने अपेक्षा गरिएको नेताहरूले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.