भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

सरकार ढल्ने संकेतः प्रचण्डले सुरू गरे विपक्षीको मोर्चाबन्दी

सरकार ढल्ने संकेतः प्रचण्डले सुरू गरे विपक्षीको मोर्चाबन्दी

काठमाडौं । सरकार ढल्ने संकेत पाएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएको नेताहरुले बताएका छन् । बैठकमा विभिन्न कोणबाट प्रश्न उठे पनि त्यो त्यसविरुद्धको मोर्चाबन्दी नभई विपक्षीका हिसाबले छलफल भएको बताएका हुन्।

सरकारले देश चलाउन नसक्ने र देशले सरकार धान्न नसक्ने स्थिति बन्दै गइरहेको प्रति व्यापक बहस भएको बैठकमा सहभागी माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए । उनले भने, ‘हामीले कांग्रेस नेताहरूसँग छलफल गरेका छैनौँ । तर कांग्रेसका नेताहरूले सार्वजनिक रूपमा नै यो सरकारका विरुद्ध अभिव्यक्ति दिन थालेका छन् ।’

बैठकमा सहभागी एकीकृत समाजवादीका नेता बेदुराम भुसालले आफैले गरेका वाचामा सरकार निकम्मा भएको बताउँदै त्यसको मूल्याङ्कन सुरु गरिएको बताए । बुधवारको बैठकका आधारमा पुनः आज बैठक बसेर साझा धारणा सार्वजनिक गर्ने तयारी भएको भुसालले बताए ।

बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी सहभागी भएको र आज थप दलहरू सहभागी हुने अपेक्षा गरिएको नेताहरूले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.