भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

सरकारका १०० दिनः १८ मन्त्रालयमा सीमित, २० अर्ब बचतको दाबी, उपलब्धि सार्वजनिक

सरकारका १०० दिनः १८ मन्त्रालयमा सीमित, २० अर्ब बचतको दाबी, उपलब्धि सार्वजनिक

काठमाडौं, १९ असार । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हालेको १०० दिन पूरा भएको अवसरमा आफ्ना प्रमुख उपलब्धिहरू सार्वजनिक गरेको छ।

शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता सस्मित पोखरेलले १०० दिनमा सम्पन्न भएका मुख्य काम र नीतिगत निर्णयहरू सार्वजनिक गरेका हुन्।

सरकारले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा महत्वपूर्ण उपलब्धिका रूपमा सङ्घीय मन्त्रालयको संख्या घटाएर १८ कायम गरिएको उल्लेख गरिएको छ। सरकारका अनुसार यो कदम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रतिबद्धताअनुसार कार्यान्वयन गरिएको हो।

प्रवक्ता पोखरेलले मन्त्रालयको संख्या घटाउँदा राज्यको प्रशासनिक खर्च उल्लेखनीय रूपमा घट्ने विश्वास व्यक्त गर्दै वार्षिक करिब २० अर्ब रुपैयाँ सरकारी कोषमा बचत हुने अनुमान गरिएको जानकारी दिए।

त्यसैगरी सरकारको १०० दिने उपलब्धिमा विभिन्न सरकारी संरचनाको खारेजी तथा समायोजनमार्फत अनावश्यक खर्च कटौती गरी प्रशासनिक कार्यक्षमता बढाउने प्रयासलाई पनि प्राथमिकताका साथ समेटिएको छ।

सरकारले राजनीतिक दलनिकट ट्रेड युनियन तथा विद्यार्थी संगठन खारेजीलगायतका निर्णयलाई सार्वजनिक प्रशासन सुधारका महत्वपूर्ण कदमका रूपमा प्रस्तुत गरेको छ। यस्ता निर्णयले सरकारी निकायलाई थप निष्पक्ष, प्रभावकारी र उत्तरदायी बनाउने अपेक्षा गरिएको सरकारको दाबी छ।

प्रवक्ता पोखरेलले सरकार सुशासन, मितव्ययिता र सेवा प्रवाहलाई केन्द्रमा राखेर अघि बढिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि जनताले प्रत्यक्ष अनुभूति गर्ने खालका सुधारका कार्यक्रमलाई निरन्तरता दिइने बताए।

सरकारले सार्वजनिक गरेको १०० दिने उपलब्धिलाई लिएर राजनीतिक वृत्तमा भने समर्थन र आलोचना दुवै प्रतिक्रिया आउने क्रम जारी रहने अपेक्षा गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.