भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप

सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप

काठमाडौं, २५ असार । चालु आर्थिक वर्ष २०८२/८३ अन्तर्गत सरकारी बजेटबाट भुक्तानी गर्ने आज अन्तिम दिन रहेको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा सात दिनअघि सरकारी खाता बन्द गरी नयाँ भुक्तानी रोक्नुपर्ने व्यवस्था रहेको छ।

यसअनुसार आज राति १२ बजेदेखि संघ, प्रदेश तथा स्थानीय तहका सबै सरकारी निकायका खाता बन्द हुनेछन्। आजभित्र भुक्तानी हुन नसकेका खर्च आगामी आर्थिक वर्षको बजेट व्यवस्थाअनुसार मात्रै गर्न सकिने महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

सरकारी तथ्याङ्कअनुसार बुधबारसम्म चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँमध्ये १५ खर्ब ३१ अर्ब ९७ करोड १५ लाख रुपैयाँ खर्च भएको छ, जुन कुल बजेटको करिब ७८ प्रतिशत हो।

खर्चको विवरणअनुसार चालूतर्फ विनियोजित ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँमध्ये ८७.२५ प्रतिशत खर्च भएको छ। पूँजीगततर्फ ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँमध्ये ४० प्रतिशत मात्र खर्च भएको छ भने वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँमध्ये ९०.१७ प्रतिशत बजेट खर्च भइसकेको छ।

अन्तिम दिन भएकाले सरकारी निकायहरूमा भुक्तानी प्रक्रिया टुङ्ग्याउने चाप उल्लेखनीय रूपमा बढेको छ। सडक विभाग, शहरी विकास तथा भवन निर्माण विभाग, स्थानीय तह तथा अन्य सरकारी कार्यालयहरूमा बिल फर्छ्योट र भुक्तानी प्रक्रियालाई अन्तिम रूप दिने काम तीव्र पारिएको छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार बुधबार मात्रै सरकारी खाताबाट १७ अर्ब ९ करोड ६६ लाख रुपैयाँ भुक्तानी भएको थियो। त्यसअघि मंगलबार ११ अर्ब ७६ करोड २२ लाख रुपैयाँ र सोमबार २८ अर्ब ५५ करोड ७१ लाख रुपैयाँ भुक्तानी भएको थियो।

यद्यपि अन्तिम समयमा खर्चको चाप बढे पनि विकास निर्माणसँग सम्बन्धित पूँजीगत बजेट खर्च अपेक्षाअनुसार हुन नसकेको देखिएको छ।

 


Thali Mobile Pvt.Ltd.