भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध

निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध

मुख्य बुँदा

प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण व्यवसायीसँग उच्चस्तरीय छलफल गरे।

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक रहेको प्रतिबद्धता।

भुक्तानी, म्याद थप, ठेक्का व्यवस्थापन र मूल्य समायोजनका विषय उठाइयो।

लगानीमैत्री वातावरण र पूर्वाधार विकासमा सहकार्य बढाउने सहमति।

विकास आयोजना समयमै सम्पन्न गर्न सबै पक्षको समन्वयमा जोड।

काठमाडौं, २५ असार । प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या समाधान, लगानी वातावरण सुधार तथा पूर्वाधार विकासलाई गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना तथा पूर्वाधार विस्तारको महत्वपूर्ण आधार भएकाले यस क्षेत्रका समस्याको समाधानमा सरकारले सकारात्मक पहल गर्ने बताए।

उनले निर्माण व्यवसायलाई थप मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका आयोजना निर्धारित समयमै सम्पन्न गर्न सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिए।

छलफलमा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी थिए।

महासङ्घका पदाधिकारीहरूले निर्माण व्यवसायीले भोगिरहेका भुक्तानी ढिलाइ, ठेक्का व्यवस्थापन, म्याद थप, मूल्य समायोजन, बैंकिङ सुविधा तथा लगानीसम्बन्धी समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। उनीहरूले निर्माण उद्योगलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीच थप प्रभावकारी समन्वय आवश्यक रहेको धारणा पनि राखे।

छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र तथा प्रमुख स्वकीय सचिव सुवास शर्मा पनि सहभागी थिए।

 


Thali Mobile Pvt.Ltd.