भर्खरै : Sorry, your browser does not support inline SVG.

राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै

राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै

काठमाडौं, २५ असार । त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ती पुरुषले आफ्नै शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाएका थिए। घटनालगत्तै प्रहरीले र स्थानीयले उनको उद्धार गरेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार घाइतेलाई तत्काल उद्धार गरी वीर अस्पतालमा उपचारका लागि पठाइएको छ। उनको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

प्रहरीका अनुसार आत्मदाह प्रयास गर्ने पुरुषको परिचय अझै खुल्न सकेको छैन। उनले यस्तो कदम किन चाले भन्ने कारणसमेत खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.