भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

पाँच वर्षसम्मका बालबालिकालाई सरकारले ‘स्वर्णप्रासन’ खुवाउने

पाँच वर्षसम्मका बालबालिकालाई सरकारले ‘स्वर्णप्रासन’ खुवाउने

काठमाडौं, ३ भाद्र । सरकारले देशभरका ६ महिना देखि ५ वर्षसम्मका बालबालिकालाई आयुर्वेदिक ‘स्वर्णप्रासन’ थोपा खुवाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको मन्त्रीस्तरीय निर्णयअनुसार यस कार्यक्रमलाई आधिकारिक निर्देशिका स्वीकृत गरिएको छ ।

गत वर्ष मन्त्री पौडेलले बालबालिकाको प्रतिरोध क्षमता वृद्धि गर्ने उद्देश्यसहित यस्तो योजना ल्याउने घोषणा गरेका थिए । स्वर्ण भष्मलाई घ्यू र महसँग मिसाएर खुवाइने यो थोपा प्रतिरोध क्षमता वृद्धि गर्नाका साथै बालबालिकाको शारीरिक तथा मानसिक विकासमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ । 

प्रारम्भिक चरणमा यो कार्यक्रम देशभरका २५ आयुर्वेदिक स्वास्थ्य संस्थामार्फत सुरु हुनेछ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार आगामी वर्षदेखि यसलाई सबै आयुर्वेदिक संस्थामा विस्तार गर्ने तयारी गरिएको छ । मन्त्री पौडेलले आयुर्वेदिक औषधि प्रवर्धनका लागि स्वदेशी उत्पादकलाई अन्तर्राष्ट्रिय मापदण्ड (GMP) प्राप्त गर्न सहयोग पुग्ने व्यवस्था मिलाइएको बताए। यसबाट औषधि निर्यात र स्तरीय उत्पादनमा सहज हुने मन्त्रालयको दाबी छ ।

 


Thali Mobile Pvt.Ltd.