भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

रेशम प्रकरणमा पक्राउ परेका महिमान सिंह विष्टलाई धरौटीमा छुटाउने आदेश

रेशम प्रकरणमा पक्राउ परेका महिमान सिंह विष्टलाई धरौटीमा छुटाउने आदेश

काठमाडौँ, ५ जेठ ।  नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई थुनाउने प्रक्रिया अघि बढाएका सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई काठमाडौँ जिल्ला अदालतले १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार न्यायाधीश दिनबन्धु बरालको इजलासले विष्टलाई धरौटीमा छाड्ने आदेश दिएको हो। विष्टले प्रहरी कार्यालयलाई पत्र पठाई चौधरीलाई पक्राउ गरी कारागार चलान गर्न निर्देशन दिएका थिए।

सोही पत्र लिएर उनी स्वयं जिल्ला प्रहरी परिसर, काठमाडौँ पुगेका थिए। उक्त पत्रको आधारमा चौधरीलाई केही घण्टा जेल चलान पनि गरिएको थियो। तर पछि सर्वोच्च अदालतले पत्र आधिकारिक नभएको स्पष्ट गरेपछि चौधरीलाई रिहा गरिएको थियो। यथार्थ बाहिरिएपछि विष्ट पक्राउमा परेका थिए।

 


Thali Mobile Pvt.Ltd.