भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सिन्धुली कारागार घटना : आधाभन्दा बढी फरार कैदी फर्किए

सिन्धुली कारागार घटना : आधाभन्दा बढी फरार कैदी फर्किए

काभ्रेपलाञ्चोक, १ असोज । सिन्धुली कारागारबाट गत २५ गते भएको आगजनी र तोडफोडपश्चात् फरार भएका ४७१ कैदीमध्ये २५४ जना फर्किएका छन्। बाँकी कैदीहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिएका छन्।

उनका अनुसार धेरैजसो कैदी आफैं उपस्थित भएका छन् भने केहीलाई सुरक्षाकर्मीहरूले पक्राउ गरी कारागारमा ल्याएका हुन्। फरारमध्ये २ जनालाई काभ्रे प्रहरीले नियन्त्रणमा लिएको छ। साथै, बर्दिबास, खुर्कोट र सिन्धुलीका विभिन्न स्थानबाट समेत कैदीहरूलाई नियन्त्रणमा लिइएको छ।

फर्किएका कैदीहरूमध्ये धेरैले परिस्थिति असामान्य भएकै कारण कारागार छाड्न बाध्य भएको बताएका छन्। कारागार प्रशासनका अनुसार व्यवस्थापनलाई पुनः सामान्य अवस्थामा ल्याउने, बाँकी फरार कैदीलाई खोजी गर्ने र भविष्यमा यस्ता घटना नदोहरिने उपाय खोज्ने कार्यलाई प्राथमिकतामा राखिएको छ।

 


Thali Mobile Pvt.Ltd.