भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग

भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग

मुख्य बुँदा

भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको चिकित्सक सङ्घद्वारा भर्त्सना।

अस्पतालभित्र तोडफोड र चिकित्सकमाथि हातपात भएको आरोप।

दोषीलाई स्वास्थ्यकर्मी सुरक्षा ऐनअनुसार कडा कारबाही गर्न माग।

स्वास्थ्य क्षेत्रमा शून्य सहनशीलताको नीति लागू गर्न जोड।

स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न सरकारसँग आग्रह।

काठमाडौँ, १६ साउन । नेपाल चिकित्सक सङ्घले भक्तपुर अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालभित्र गरिएको तोडफोडको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सङ्घले उक्त घटनाको कडा शब्दमा भर्त्सना गर्दै संलग्न व्यक्तिमाथि कानुनबमोजिम कडा कारबाही गर्न सरकारसँग माग गरेको छ। सङ्घका अनुसार सघन उपचार कक्ष (आईसीयू) मा बिरामी भर्ना नगरिएको विषयलाई लिएर अस्पताल परिसरमा तोडफोड गर्नुका साथै चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गरिएको थियो।

यस्ता गतिविधि अमानवीय, अमर्यादित र आपराधिक भएको सङ्घको ठहर छ। नेपाल चिकित्सक सङ्घले दोषीलाई ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९)’ बमोजिम अविलम्ब कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

सङ्घले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटना बढ्दै गएको भन्दै स्वास्थ्य क्षेत्रमा शून्य सहनशीलताको नीति लागू गर्नुपर्ने आवश्यकता औँल्याएको छ। साथै, स्वास्थ्यकर्मीलाई त्रसित वा आतंकित बनाउने जो–कोहीलाई कडा कानुनी कारबाहीको व्यवस्था गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग आग्रह गरिएको छ।

हाल उक्त ऐन संशोधनको प्रक्रिया अघि बढिरहेको उल्लेख गर्दै सङ्घले संशोधित कानुनमार्फत स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सुरक्षा अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ। यो माग नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीद्वारा संयुक्त रूपमा जारी गरिएको विज्ञप्तिमार्फत सार्वजनिक गरिएको हो।

 


Thali Mobile Pvt.Ltd.