भर्खरै : Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? | साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा | ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो! | १९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’ | बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते | अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण |

गुल्मीमा कोदो खेती घट्दै

गुल्मीमा कोदो खेती घट्दै

काठमाडौं । पछिल्लो समय गुल्मीमा कोदो खेती गर्ने क्षेत्रफल घट्दै गएको छ । जिल्लामा प्रत्येक वर्ष कोदो खेती गर्ने क्षेत्रफल पनि घटिरहेको छ । गत वर्ष दुई हजार ८८१ हेक्टर क्षेत्रफलमा कोदो खेती गर्दा तीन हजार ३४१ दशमलव ९६ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए ।

बीउ छर्ने बेला खडेरी पर्दा कम उम्रनु र छिर्केमिर्के रोग देखिनुले पनि कोदो खेती कम भएको ज्ञानकेन्द्रको भनाइ छ । जङ्गली जनावर, जङ्गली बाख्रा, खरायो, मुसा लगायत जनावरले कोदो खेतीमा नोक्सान पुर्‍याएको किसानहरु बताउँछन् ।अघिल्लो वर्ष दुई हजार ९०५ क्षेत्रफलमा ३ हजार ७७६ दशमलव ५ मेट्रिक टन उत्पादन भएको थियो ।

पछिल्लो समयमा बसाइँसराइ बढेको, युवा जनशक्तिले गाउँ छाड्ने गरेको र कोदो खेती झञ्झटिलो भएकाले यसप्रति मानिसको आकर्षण घटेको ज्ञानकेन्द्रका प्रमुख भण्डारीले बताए । जिल्लामा ओख्ले १, डल्ले १ र स्थानीय जातको कोदो बढी लगाउने गरिन्छ । त्यहाँका इस्मा, मदाने, मालिका, धुर्कोट, कालिगण्डकी, चन्द्रकोट मुख्य पकेटक्षेत्रहरु रहेका छन् ।

 

 

 


Thali Mobile Pvt.Ltd.