भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गुल्मीमा कोदो खेती घट्दै

गुल्मीमा कोदो खेती घट्दै

काठमाडौं । पछिल्लो समय गुल्मीमा कोदो खेती गर्ने क्षेत्रफल घट्दै गएको छ । जिल्लामा प्रत्येक वर्ष कोदो खेती गर्ने क्षेत्रफल पनि घटिरहेको छ । गत वर्ष दुई हजार ८८१ हेक्टर क्षेत्रफलमा कोदो खेती गर्दा तीन हजार ३४१ दशमलव ९६ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए ।

बीउ छर्ने बेला खडेरी पर्दा कम उम्रनु र छिर्केमिर्के रोग देखिनुले पनि कोदो खेती कम भएको ज्ञानकेन्द्रको भनाइ छ । जङ्गली जनावर, जङ्गली बाख्रा, खरायो, मुसा लगायत जनावरले कोदो खेतीमा नोक्सान पुर्‍याएको किसानहरु बताउँछन् ।अघिल्लो वर्ष दुई हजार ९०५ क्षेत्रफलमा ३ हजार ७७६ दशमलव ५ मेट्रिक टन उत्पादन भएको थियो ।

पछिल्लो समयमा बसाइँसराइ बढेको, युवा जनशक्तिले गाउँ छाड्ने गरेको र कोदो खेती झञ्झटिलो भएकाले यसप्रति मानिसको आकर्षण घटेको ज्ञानकेन्द्रका प्रमुख भण्डारीले बताए । जिल्लामा ओख्ले १, डल्ले १ र स्थानीय जातको कोदो बढी लगाउने गरिन्छ । त्यहाँका इस्मा, मदाने, मालिका, धुर्कोट, कालिगण्डकी, चन्द्रकोट मुख्य पकेटक्षेत्रहरु रहेका छन् ।

 

 

 


Thali Mobile Pvt.Ltd.