भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

हनुमन्ते, मनोहरा र महादेव खोला भक्तपुरको बस्तीमा पस्यो, २८ जनाको उद्धार

हनुमन्ते, मनोहरा र महादेव खोला भक्तपुरको बस्तीमा पस्यो, २८ जनाको उद्धार

भक्तपुर । बाढीका कारण सूर्यबिनायक नगरपालिका वडा नम्बर २ र ४ तथा मध्यपुर थिमी नगरपालिका वडा नम्बर–१ का बासिन्दा प्रभावित भएकाछन् । भक्तपुरमा मनोहरा खोला र महादेव खोला बस्तीमा पसेपछि सूर्यबिनायक र मध्यपुर थिमी नगरपालिका नदी किनारबाट २८ जनालाई उद्धार गरिएको हो ।हनुमन्ते, मनोहरा र महादेव खोला भक्तपुरको बस्तीमा पस्यो, २८ जनाको उद्धार

सूर्यबिनायक नगरपालिका–४ स्थित मोर्डन कलेज अगाडी मगर गाउँमा महादेव खोला बस्तीमा पसेको र सूर्यबिनायक नगरपालिका–२ बालकोट र मध्यपुर थिमी नगरपालिका–१ मा मनोहरा खोला आसपासको बस्तीमा पसेको छ । खोला किनारका गाईगोठ र टहरामा क्षति पुगेको छ ।

सेना, सशस्त्र र नेपाल प्रहरीका सुरक्षाकर्मीले २८ जनालाई सुरक्षित स्थानमा सारेको छ । उता भक्तपुर नगरपालिका वडा नं ४ मा अवस्थित राम मन्दिर, बाराहीस्थान आसपास क्षेत्र डुवानमा परेका छन् । राधेराधे, तीनकुनेक्षेत्रमा बाढी घरमा समेत पसेको छ ।

 


Thali Mobile Pvt.Ltd.