भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

हनुमन्ते, मनोहरा र महादेव खोला भक्तपुरको बस्तीमा पस्यो, २८ जनाको उद्धार

हनुमन्ते, मनोहरा र महादेव खोला भक्तपुरको बस्तीमा पस्यो, २८ जनाको उद्धार

भक्तपुर । बाढीका कारण सूर्यबिनायक नगरपालिका वडा नम्बर २ र ४ तथा मध्यपुर थिमी नगरपालिका वडा नम्बर–१ का बासिन्दा प्रभावित भएकाछन् । भक्तपुरमा मनोहरा खोला र महादेव खोला बस्तीमा पसेपछि सूर्यबिनायक र मध्यपुर थिमी नगरपालिका नदी किनारबाट २८ जनालाई उद्धार गरिएको हो ।हनुमन्ते, मनोहरा र महादेव खोला भक्तपुरको बस्तीमा पस्यो, २८ जनाको उद्धार

सूर्यबिनायक नगरपालिका–४ स्थित मोर्डन कलेज अगाडी मगर गाउँमा महादेव खोला बस्तीमा पसेको र सूर्यबिनायक नगरपालिका–२ बालकोट र मध्यपुर थिमी नगरपालिका–१ मा मनोहरा खोला आसपासको बस्तीमा पसेको छ । खोला किनारका गाईगोठ र टहरामा क्षति पुगेको छ ।

सेना, सशस्त्र र नेपाल प्रहरीका सुरक्षाकर्मीले २८ जनालाई सुरक्षित स्थानमा सारेको छ । उता भक्तपुर नगरपालिका वडा नं ४ मा अवस्थित राम मन्दिर, बाराहीस्थान आसपास क्षेत्र डुवानमा परेका छन् । राधेराधे, तीनकुनेक्षेत्रमा बाढी घरमा समेत पसेको छ ।

 


Thali Mobile Pvt.Ltd.