आगामी पाँच साताको अवधिमा हमासले ३० जना बन्धक रिहा गर्नुपर्ने

आगामी पाँच साताको अवधिमा हमासले ३० जना बन्धक रिहा गर्नुपर्ने image

एजेन्सी । शनिबार ४ जना इजरायली बन्धकलाई प्यालेस्टाइनी बिद्रोही समूह हमासले रिहा गर्ने भएको छ । सैनिक र सर्वसाधारण गरी चारै जना महिला हुने अनुमान इजरायलले गरेको छ ।

रिहा गरिने बन्धकहरूको नाम भने हमासले सार्वजनिक गरिसकेको छैन । यसअघि युद्धबिरामको पहिलो चरण अन्तर्गत हमासले तीन जना महिला रिहा गरेको थियो भने त्यसको बदलामा इजरायलले ९० कैदीहरूलाई रिहा गरेको थियो ।

आगामी पाँच साताको अवधिमा हमासले ३० जना बन्धक रिहा गर्नुपर्ने छ । त्यसको बदलामा इजरायलले १८० प्यालेस्टिनी कैदीहरू रिहा गर्ने छ । गत आइतबार युद्धविराम लागू भएदेखि यो दोस्रो चरणको बन्धी र कैदी आदानप्रदान हो ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda