भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

आगामी पाँच साताको अवधिमा हमासले ३० जना बन्धक रिहा गर्नुपर्ने

आगामी पाँच साताको अवधिमा हमासले ३० जना बन्धक रिहा गर्नुपर्ने

एजेन्सी । शनिबार ४ जना इजरायली बन्धकलाई प्यालेस्टाइनी बिद्रोही समूह हमासले रिहा गर्ने भएको छ । सैनिक र सर्वसाधारण गरी चारै जना महिला हुने अनुमान इजरायलले गरेको छ ।

रिहा गरिने बन्धकहरूको नाम भने हमासले सार्वजनिक गरिसकेको छैन । यसअघि युद्धबिरामको पहिलो चरण अन्तर्गत हमासले तीन जना महिला रिहा गरेको थियो भने त्यसको बदलामा इजरायलले ९० कैदीहरूलाई रिहा गरेको थियो ।

आगामी पाँच साताको अवधिमा हमासले ३० जना बन्धक रिहा गर्नुपर्ने छ । त्यसको बदलामा इजरायलले १८० प्यालेस्टिनी कैदीहरू रिहा गर्ने छ । गत आइतबार युद्धविराम लागू भएदेखि यो दोस्रो चरणको बन्धी र कैदी आदानप्रदान हो ।

 


Thali Mobile Pvt.Ltd.